जति धेरै देशहरूले "छ वटा सहमति" लाई समर्थन गर्छन्, शान्तिको सम्भावना उति उज्यालो
2024-06-05 10:28:20cri
Share with:

सन् २०२४ को जुन ४ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र टर्कीका विदेशमन्त्री फेडानले संयुक्त रूपमा पैचिङमा पत्रकार सम्मेलन गर्नुभएको छ। उक्त पत्रकार सम्मेलनमा वाङ यीले युक्रेन सङ्कटको समाधानका लागि चीनको आधारभूत प्रस्तावहरू सविस्तार प्रकाश पार्नु भएको छ।


वाङ यीले युक्रेनी मुद्दामा शान्ति र वार्तालाई प्रवर्द्धन गर्ने चीनको अडान अडिग र निरन्तर रहेको बताउनुभयो। उहाँले युक्रेन संकटमा विश्वले अब थप वस्तुनिष्ठ, सन्तुलित, सकारात्मक र रचनात्मक आवाज उठाउनु पर्ने चीनको विश्वास रहेको कुरामा जोड दिनुभयो। यस उद्देश्यका लागि, चीन र ब्राजिलले हालै संयुक्त रूपमा युक्रेन संकटको राजनीतिक समाधानको प्रवर्द्धन गर्न "छ वटा सहमति" जारी गगरेका छन्। ६ वटा सहमतिमा परिस्थितिलाई कम गर्ने तीन सिद्धान्तहरूको अनुपालनमा जोड दिँदै, अर्थात् युद्धको मैदानमा कुनै स्पिलओभर, युद्धको वृद्धि नहुने, सबै पक्षहरूद्वारा कुनै लडाइँ नगर्ने, सबै पक्षहरूलाई वार्ताको पालना गर्न, मानवीय सहायता बढाउन, आणविक हतियारको प्रयोगको विरोध गर्न, आणविक ऊर्जा संयन्त्रहरूमा हुने आक्रमणको विरोध गर्न,विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्ने रहेका छन्।


वाङ यीले टर्कीका विदेश मन्त्री फेडान र आफूले भर्खरै यस विषयमा विचार आदानप्रदान गरेको र टर्कीले पनि "छ वटा सहमति" को स्वागत र प्रशंसा गरेको बताउनुभयो। जति धेरै देशहरूले "छ वटा सहमति"लाई समर्थन गर्छन्, वास्तविक शान्ति सम्मेलनका दिन नजिकिँदै जान्छ र शान्तिको सम्भावना उति नै उज्यालो हुन्छ।