पाकिस्तान र चीनबीचको मित्रता अटुट
2024-06-05 18:22:03cri
Share with:

 

हालै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले चीनको भ्रमण अघि सीएमजी अर्थात् चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिनुभएको छ। सो अन्तर्वार्तामा उहाँले पाकिस्तान र चीनबीचको मित्रता अतुलनीय रहेको र यो दुवैपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रको सहयोगलाई अझै प्रगाढ बनाउने आशा राखेको कुरा व्यक्त गर्नुभएको छ।

 

शाहबाजले पाकिस्तानबाट एक-चीनको सिद्धान्तलाई दृढताका साथ पालना गर्दैआएको र थाइवान चीनको अविभाज्य भूभाग रहेको बताउँदै

भविष्यमा पाकिस्तान सरकारले सो सिद्धान्तको पालना गर्दै रहने पनि बताउनुभयो।

 

शाहबाजले विश्वको शान्ति, प्रगति र समृद्धि ल्याउन चीनसँग मिलेर प्रयास गर्न पाकिस्तान इच्छुक रहेको कुरा व्यक्त गर्नुभयो।