चिनियाँ प्रतिनिधि: टकरावले इरानको आणविक समस्या समाधान गर्न सक्दैन
2024-06-06 14:51:50cri
Share with:

जुन ५ तारिख अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी परिषदको बैठकमा फ्रान्स, बेलायत र जर्मनीले इरानको आणविक मुद्दामा इरानलाई दबाव दिने प्रस्ताव पारित गर्न जोड दिएको छ।

 

परिषदका ३५ सदस्य राष्ट्रमध्ये चीन र रुसले प्रस्तावको विपक्षमा मतदान गरे भने दक्षिण अफ्रिका, भारत, साउदी अरेबियालगायत १२ विकासोन्मुख राष्ट्रहरूले मतदानमा भाग लिएनन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका लागि चीनका स्थायी प्रतिनिधि राजदूत ली सोङले द्वन्द्वले इरानको आणविक समस्याको समाधान गर्न नसक्ने चीनको अडानलाई स्पष्ट पार्दै सम्बोधन पनि गर्नुभयो।

 

चीनका स्थायी प्रतिनिधि राजदूत ली सोङले कृत्रिम टकराव र दबावले समस्या समाधान गर्न असफल मात्र नभई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी र इरानबीचको सहकार्य सम्बन्धमा क्षति पुर्याउने भन्दै यसले समस्यालाई थप जटिल बनाउने तथ्यहरूले बारम्बार प्रमाणित गरेको पनि औँल्याउनुभयो।

 

चीनका स्थायी प्रतिनिधि राजदूत ली सोङले इरानी आणविक मुद्दामा व्यापक सम्झौताले सबै पक्षहरूले वर्षौँको कूटनीतिक प्रयासलाई मूर्त रूप दिने भन्दै इरानी आणविक समस्या समाधान गर्ने एक मात्र सही तरिका भएकोमा जोड दिनुभयो।