चीन र अरबी मुलुकको सहयोगले अझै उज्यालो बीस वर्षको सुरू गर्ने
2024-06-06 14:49:04cri
Share with:

 

“चीनले सन् २०२६ मा दोस्रो चीन-अरबी मुलुक शिखर सम्मेलनको आयोजना गर्नेछ। यो चीन र अरबी मुलुकको सम्बन्धमा अर्को कोसेढुङ्गा हुने विश्वास गरिएको छ।” मे ३० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अरबी मुलुक सहयोग मञ्चको दशौं मन्त्रीस्तरीय बैठकको उद्घादन समारोहमा उक्त घोषणा गर्नुभएको हो। यो विषय उक्त बैठकको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो। राष्ट्राध्यक्ष सीले चीन र अरबी मुलुक सम्बन्धको विकास दिशा र “पाँच सहयोग ढाँचा”को निर्माण गर्न योजना पनि प्रस्तुत गर्नुभएको छ। सोही दिन बैठकमा सहभागी युएईका राष्ट्रपतिले सामाजिक सञ्जालमा चिनियाँ भाषामा एक लेख पोस्ट गरेर अरबी मुलुक र चीनको सम्बन्धसँग ऐतिहासिक अर्थ रहेको विचार व्यक्त गर्नुभएको छ।

चालु वर्ष चीन-अरबी मुलुक सहयोग मञ्च स्थापना भएको २०औँ वर्ष हो। बीस वर्षमा चीन र अरबी मुलुकको सम्बन्ध दक्षिण-दक्षिण सहयोगको नमूना बनेको छ। हाल पूरै २२ अरबी मुलुकले “बेल्ट एण्ड रोड”को साझा निर्माणमा भाग लिएका छन, जसले लगभग २ अर्ब जनतालाई फाइदा पुगेको छ।
हाल  विश्व परिवर्तित अवधिमा प्रवेश गरेको छ। चीन र अरबका सामु आ-आफ्ना जातीय पुनरुत्थानलाई साकार तुल्याउने,राष्ट्रको निर्माणलाई तिब्र बनाउने र आपसमा सहयोगलाई मजबुत बनाउने बलियो इच्छा देखापरेको छ। गत वर्षदेखि साउदी अरेबिया र इरानबीचको ऐतिहासिक मेलमिलाप,हमास र फताहद्वारा बेइजिङमा छलफल गरेबाट अरबी मुलुकहरुलाई चीनले सद्भाव देखाएको छ भने चीन सधैँ सदिच्छापूर्ण तथा वास्तविक रुपमा मध्य पूर्वी क्षेत्रको शान्ति विकासलाई सहायता प्रदान गर्दै आएको भन्ने कुरा पुष्टि भएको छ। यस्तो पृष्ठिभूमिमा पहिलो चीन अरबी मुलुक शिखिर सम्मेलनपछि आयोजना भएको पहिलो मन्त्री स्तरीय बैठकको रुपमा यस बैठकले विगतलाई अगाडि बढाउने र भविष्यलाई जोड्ने महत्वपूर्ण भावार्थ रहेको छ।

नयाँ शुरुवातमा उभिएर चीन र अबरबीचको साझा भविष्यको समुदायको निर्माणका लागि के कस्तो दिशातर्फ प्रयास गर्ने छ?राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभएअनुसार चीन र अरबी मुलुकहरुले “विश्वको शान्ति तथा स्थिरताको सँरक्षण गर्ने नमूना”, “बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय निर्माण गर्ने नमूना”, “भिन्न सभ्यताबीच मेलमिलापुक्त बाँच्ने नमूना”, “उचित ग्लोबल व्यवस्थापन बाटो खोज्ने नमूना” बन्नुपर्छ। यी चार लक्ष्यहरु चीन र अरबी मुलुकहरुबीच सहयोग तथा विकासको वास्तविक चाहनासँग मिलेका छन् साथै जसले चीन र अरबी मुलुकबीचको साझा भविष्यको समुदायको निर्माणका लागि दिशा प्रदान गरेको छ। यसमध्ये चीन र अरबीय मुलुकले नविनता र बैकिङ क्षेत्रको सहयोग ध्यानाकर्षित भएको देखिन्छ। सम्बन्धी विश्लेषणका  अनुसार यी दुबै पक्षहरुले बैज्ञानिक प्राविधिक नविनतालाई प्रथम विकासमा सारेका छन् जसबाट यी दुबै पक्षहरुलाई विश्वको बैज्ञानिक प्राविधिक नविनताको महत्वपूर्ण नयाँ विकसित शक्ति बनाउन उपयोगी हुनेछ। साथै चीनले निरन्तर तथा सक्रिय रुपमा तीन अर्ब चिनियाँ युआन रकम विकास सहयोग परियोजनालाई प्रवर्द्धन गर्दै जानेछ। प्रतिवर्ष अरबी मुलुकका २०० जना राजनीतिक नेताहरुलाई चीनको भ्रमणमा चीनले निमन्त्रणा गर्दछ। भावी पाँच वर्षमा अरबी मुलुकहरुसँग १ करोड पर्यटकहरुको आवतजावतलाई साकार तुल्याउने छ। यी खास परियोजनाहरु ऐतिहासिक सबैभन्दा राम्रो अवधिमा भैरहेको चीन अरबी मुलुक सम्बन्धको विकासका लागि अवसर सिर्जना गर्ने विषय हुन्। यस बैठकबाट चीन र अरबी मुलुकको सहयोगले अझै उज्यालो बीस वर्षको सुरू गर्नेछ र अजारक विश्वमा अझ बढी स्थिरता र निश्चितता थपिनेछ भने कुरालाई स्थापित गराएको छ।