उज्बेकिस्तानकी विद्यार्थी फारान्गिजद्वारा उज्बेकिस्तान र चीनको सम्बन्धको विकासमा धेरै छनौट उपलब्ध गराएको व्यक्त
2024-06-07 14:50:26cri
Share with:

उज्बेकिस्तान मध्य एशियामा पर्दछ, दीर्घकालीन इतिहास र सँस्कृति छ, साँस्कृतिक पूरातात्विक वस्तु र अवेशष छ। उज्बेकिस्तान पनि प्राचीन रेशमी मार्गको केन्द्रीय हब र विभिन्न सँस्कृति जोडेको स्थल हो। हाल “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्तावको प्रारुपमा चीन र उज्बेकिस्तानको आर्थिक तथा व्यापारिक सम्बन्ध राम्रोसँग विकास भैरहेको छ। चीनमा अध्ययनरत उज्बेकिस्तानकी विद्यार्थी फारान्गिज दुई मुलुकको सम्बन्धप्रति आशावादी छिन्। उनी भन्छिन् “‘बेल्ट एण्ड रोड’को गहिरो अर्थ छ। यो हाम्रो हजार वर्षको मित्रताको निरन्तरता हो। चीन र उज्बेकिस्तानको सम्बन्ध नयाँ युगमा समग्र-मौसम चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध बनेको छ। अर्थतन्त्र क्षेत्रमा मैले दुई मुलुकले व्यापारलाई विस्तार गर्ने आशा लिएँ। सँस्कृति क्षेत्रमा मैले दुई पक्षले आदान-प्रदान बढाउने आशा लिएँ। शिक्षा क्षेत्रमा मैले दुई मुलुकले शिक्षाको स्रोत साधन बाँड्ने र अझै धेरै वरिष्ट व्यक्ति हुर्काउने आशा लिएँ। चीन र उज्बेकिस्तानको सम्बन्ध घनिष्ठ हुने र दुई मुलुकले समृद्धितर्फ सँयुक्त रुपमा लम्कने आशा मैले लिएँ।”

 

चिनियाँ भाषा सरर बोल्ने र निलो परम्परागत चिनियाँ पोशाक लगाउने गरी ती “चिनियाँ तत्वहरू” उज्बेकिस्तानी विद्यार्थी फारान्गिजको शरीरमा उपयुक्त हुन्छ। उनले सानो उमेरदेखि नै चीनलाई मन पराउन र चासो लिन थालेकी थिइन्। उनी भन्छिन् “सात/आठका वर्ष हुँदा मेरी दिदी चीनमा अध्ययन गर्दै थिइन्। दिदीले मलाई चीनमा अध्ययनको कथा सुनाएकी थिइन्। ती कथाहरू निकै रमाइला थिए। त्यही समयदेखि नै म अवलोकन गर्न जाने र अध्ययन गर्न चीन जाने निर्णय मैले लिएकी थिएँ।”

 

त्यस कालदेखि नै अध्ययन गर्न चीन जाने योजना बिउजस्तै मेरो मनमा अंकुरित भयो। यो लक्ष्य साकार तुल्याउनका लागि फारान्गिजले माध्यमिक विद्यालय पढेदेखि चिनियाँ भाषा सिक्न थालेकी थिइन्। सन् २०२१ मा उनको प्रयासमा उपलब्धि हासिल भयो। उनी चिनियाँ केन्द्रीय जाति विश्वविद्यालयमा भर्ना भइन्। उनको विषय चिनियाँ भाषाको अन्तर्राष्ट्रिय शिक्षा हो। पैचिङ पुगेको शुरूमा जीवन्त शक्ति रहेको चीनबाट उनको मन ज्यादै उत्साहित भयो। उनी भन्छिन् “चीनमा मैले पहिलो पटक आधुनिक शहर देखेँ। अग्ला भवनहरू, रमाइलो सडकहरू र अत्याधुनिक प्रविधि ज्यादै गजब छ। मैले उत्साहित र मैत्रीपूर्ण चिनियाँ साथीहरू बनाएँ। उनीहरूको सहयोग र समर्थनले मलाई न्यानोपन सहजता दियो। ती अनुभवका कारण मैले यो सुन्दर देशलाई माया गर्छु।”

 

फारान्गिजले अन्तर्वार्ता दिँदै पत्रकारसँग चीन र चिनियाँ सँस्कृतिप्रति उनको मायाबारे आफ्नो विचार प्रकट गरेकी छिन्। उनी भन्छिन् “चीन आकर्षक छ। यस देशले मलाई गहिरो रुपमा आकर्षित गरेको छ। शानदार कु कुङ अर्थात् दरबार सँग्रहालय, रहस्यमय र शान्त थ्येन थान, सुन्दर र प्राकृतिक यी ह युआन अर्थात् गृष्म दरबार र किल्लाले मेरो मनमा गहिरो छाप पारेका छन्। म चीनलाई माया गर्छु। मलाई चिनियाँ जीवन सुखमय र उत्साही लाग्छ। प्राचीन कालका चिनियाँहरूको ज्ञान महान् छ। मेरो विचारमा चीनको समृद्ध र धनी बाटोमा साँस्कृतिक शक्तिको समर्थन देख्न पाइन्छ।”

 

फारान्गिजको विचारमा उज्बेकिस्तान र चीनको सम्बन्धको विकासले उनका लागि अझै धेरै छनौट उपलब्ध गराएको छ। उनले उज्बेकिस्तान र चीनको मित्रताका लागि योगदान दिने छिन्।