संयुक्त राष्ट्र संघको महासभाद्वारा अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवस स्थापना प्रस्ताव पारित
2024-06-08 17:11:54cri
Share with:

 

जुन ७ तारिख संयुक्त राष्ट्र संघको ७८औँ महासभाले चीनले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवस स्थापना गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

 

सो संकल्पले सभ्यताका सबै उपलब्धिहरू मानव समाजको साझा सम्पत्ति भएको स्पष्ट गर्दै सभ्यताको विविधताको सम्मान गर्ने र जुन १० तारिखलाई अन्तर्राष्ट्रिय सभ्यता संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

 

संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि फु काङले संयुक्त राष्ट्र संघको महासभाद्वारा अन्तर्राष्ट्रिय सभ्यता संवाद दिवसको स्थापनालाई अन्तर्राष्ट्रिय समुदायले सर्वसम्मतिले समर्थन दिएको कुराबाट चिनियाँ विचार र समाधानहरू बढ्दोरूपमा अन्तर्राष्ट्रिय सहमति बनिरहेको व्यक्त गर्नुभयो।