सीजीटीएनद्वारा रेडक्रस अन्तर्राष्ट्रिय परिषदका अध्यक्षको विशेष अन्तर्वार्ता
2024-06-08 18:30:16CRI
Share with:

हाल रेडक्रस अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष श्रीमती मिर्जाना स्पोलियारिचले चाइना मिडिया ग्रुपको सीजीटीएनलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। त्यस अवसरमा उहाँले गाजा क्षेत्रको वर्तमान परिस्थितिबारे चर्चा गर्दै आफूलाई साह्रै दु:ख लागेको व्यक्त गर्नुभयो। मानवीय संकट समाधान गर्न सबभन्दा राम्रो उपाय राजनीतिक विमर्श रहेको उहाँको विचार छ। रेडक्रस अन्तर्राष्ट्रिय परिषदमा अध्यक्षको पद सम्हाल्नुभएपछि उहाँले चीनको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। तैपनि अन्तर्राष्ट्रिय मानवीय कार्यलाई चीनले दृढताका साथ समर्थन गरेको कुरा उहाँले स्पष्टसँग अनुभव गर्नुभएको छ। अब उपरान्त चीनसित विविध क्षेत्रका सहकार्य चलाउन सक्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।