युरोपस्थित चिनियाँ उद्यम गोष्ठीको आयोजना
2024-06-09 17:04:26cri
Share with:

हालै चिनियाँ वाणिज्य मन्त्रालयले स्पेन, पोर्चुगल, ग्रिस र अन्य क्षेत्रहरूमा चिनियाँ लगानीमा सञ्चालित उद्यमहरूका लागि गोष्ठीहरूको आयोजना गरेको छ। सो गोष्ठीमा सफल सहयोगको वकालत गर्दै स्वस्थ प्रतिस्पर्धालाई स्वागत गरिने बताइएको छ।

हालै पोर्चुगलको लिस्बनमा आयोजित चिनियाँ उद्यमको गोष्ठीको अध्यक्षता गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका मन्त्री वाङ वन थाउले निष्पक्ष प्रतिस्पर्धा विश्वका सबै देशहरूको सहमति र अन्तर्राष्ट्रिय आदान-प्रदानको आधारशिला भएको बताउनुभयो। उहाँले चीनले सहयोग र स्वस्थ प्रतिस्पर्धालाई स्वागत गर्नुका साथै दमन गर्ने जस्तो दुष्ट प्रतिस्पर्धाको विरोध गरेको स्पष्ट पार्नुभयो।

मन्त्री वाङले युरोपेली संघले व्यापार संरक्षणवाद त्यागेर वार्ता र सहयोगको सही बाटोमा फर्कने आशा राखेको कुरामा जोड दिनुभयो।