फ्रान्स र अमेरिकाद्वारा गाजा क्षेत्रमा तत्काल युद्धविरामको आह्वान
2024-06-09 16:59:36cri
Share with:

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले जुन ८ तारिख पेरिसमा फ्रान्स भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनसँग भेट-वार्ता गर्नुभएको छ। भेटका अवसरमा उहाँहरूले राजनीतिक तवरले प्यालेष्टाइन-इजरायल समस्याको समाधान गर्ने भविष्य सिर्जना गर्नका लागि गाजा क्षेत्रमा तत्काल युद्धविराम लक्ष्यलाई साकार तुल्याउन आह्वान गर्नुभएको छ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्यालेष्टाइन-इजरायल भिडन्तको समाधानमा अमेरिकाले सार्वजनिक गरेको नयाँ प्रस्तावलाई फ्रान्सले समर्थन गरेको भन्दै गाजा क्षेत्रमा छिटोभन्दा छिटो युद्धविराम गर्नुपर्ने आशा व्यक्त गर्नुभयो।

जो बाइडेनले सबै बन्दीलाई रिहा नगरून्जेल अमेरिकाले आफ्नो कार्य बन्द नगर्ने प्रष्ट पार्नुभएको छ।