इजरायली सेनाले गाजाका विभिन्न स्थानमा आक्रमण गर्दा कम्तीमा ३ जनाको मृत्यु
2024-06-09 18:14:51cri
Share with:

 

जुन ८ तारिख रातिदेखि ९ तारिख बिहानसम्म इजरायलले उत्तरी गाजा पट्टीको गाजा सहरको दराज सडकमा रहेको एक आवासीय अपार्टमेन्टमा आक्रमण गर्दा एक बालकसहित कम्तिमा तीन जनाको ज्यान गएको छ। साथै धेरै जना घाइते भएका छन्।

यसबाहेक, गाजा शहरको जैतुन र साबरा क्षेत्रहरू, रफाह शहरको उत्तरमा साबरा क्षेत्र र मध्य गाजा पट्टीमा रहेको ब्रेजी शरणार्थी शिविरमा पनि इजरायलले आक्रमण गरेको छ। सो आक्रमणमा कम्तिमा एक व्यक्ति घाइते भएका छन्।