अमेरिकाद्वारा इजरायली सैन्य कारबाहीमा निर्दोष मानिस मारिएको स्वीकार
2024-06-10 16:26:48cri
Share with:

 

स्थानीय समयअनुसार, जुन ९ तारिख अमेरिका राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक जेक सुलिवानले जुन ८ तारिख भएको मध्य गाजा क्षेत्रको नुसाइरेत शरणार्थी शिविरमाथि लक्षित इजरायली सैन्य कारवाहीमा निर्दोष मानिसको मृत्यु भएको स्वीकार गर्नुभएको छ। तर हालसम्म मृतकको संख्या निश्चित नभएको पनि उहाँले उल्लेख गर्नुभयो।

 सुलिवानका अनुसार, अमेरिकी सरकारले सैन्य कारवाहीको उपायभन्दा प्यालेष्टाइन-इजरायल द्वीपक्षबीच युद्ध विराम सम्झौताको तरिकामार्फत पक्राउ परेकाहरुलाई रिहा गर्ने अझ इच्छा लिएको छ। उक्त गतिबिधिबाट प्यालेष्टाइन-इजरायल युद्ध विराम वार्तामाथि ल्याइने अन्तिम प्रभावको मूल्याङ्कन गर्न गाह्रो भएको पनि उहाँले व्यक्त गर्नुभयो।