दक्षिण चीन सागरको सबभन्दा ठूलो सुरक्षा चुनौति क्षेत्र बाहिरमै रहेको चीनको भनाइ
2024-06-10 16:49:37cri
Share with:

 जुन ७ र ८ तारिख चीनका उप-परराष्ट्रमन्त्री सुन वितुङले एक प्रतिनिधिमण्डको नेतृत्व गरी लाओसमा आयोजित आशियान र चीन, जापान, दक्षिण कोरियाका वरिष्ठ अधिकारी बैठक, पूर्वी एशिया शिखर सम्मेलनको वरिष्ठ अधिकारी बैठक, आशियान मञ्चको वरिष्ठ अधिकारी बैठकमा सहभागी हुनु भएको छ।

बैठकपछि सुन वितुङले पत्रकारसँग कुराकानी गर्दा भर्खरै सम्पन्न भएको पूर्वी एशिया सहयोग अनेक वरिष्ठ अधिकारी बैठकमा क्षेत्रीय मुलुकले वर्तमान स्थितिमा पूर्वी एशिया प्रणाली विकासको सही दिशा, विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई प्रबर्द्धन लगायत विषयषबारे गहन आदान-प्रदान गरी व्यापक सहमति सम्पन्न भएको जानकारी दिनुभयो। यी निर्णयले यस वर्षको पूर्वी एशिया सहयोग शिखर सम्मेलन र विदेशमन्त्री सम्मेलनबारे तयारी गरेको छ।

अन्तर्राष्ट्रिय स्थिति र चर्चित विषयबारे सहभागीहरूबीच छलफल भएकोबारे चर्चा गर्दै सुन वितुङले बैठकमा चीनले एशिया तथा प्रशान्त शान्तिपूर्ण विकासका लागि उच्च भूमि हो भन्ने कुरामा जोड दिएको उल्लेख गर्नुभयो। आशियान केन्द्रित क्षेत्रमा, आशियान तरिकामार्फत क्षेत्रीय सुराक्षा सहयोगलाई बढाउनेमा, शान्तिपूर्ण उपायमार्फत मतभेद र विद्वान्द्वको समाधान गर्नेमा चीन समर्थन गरी समान तथा सहयोग भने सुरक्षा अवधारणाको स्थापना गर्न आह्वान गरेको पनि उहाँले बताउनुभयो।

सुन वितुङले हाल दक्षिण चीन सागरमा सबभन्दा ठूलो सुरक्षा चुनौति क्षेत्र बाहिरबाट आएको हो भन्दै अमेरिकाको नेतृत्वमा रहेको क्षेत्र बाहिरका शक्तिले भूराजनीतिक उद्देश्यको आधारमा समूह राजनीति र शिविर टकराव हेरफेर गरी दक्षिण चीन सागरमा सैन्य तैनाथ र गतिबिधि चलाएको तर दक्षिण चीन सागरका विभिन्न टापुहरूमा चीनको निर्विवाद सार्वभौमसत्ता रहेको दोहोर्याउनुभयो।