सभ्यताहरूको संवादका लागि अन्तर्राष्ट्रिय दिवस स्थापनद्वारा विविधताको सम्मानमा सहयोग
2024-06-10 16:36:26cri
Share with:

हालै संयुक्त राष्ट्र संघको ७८ औँ महासभाले अन्तर्राष्ट्रिय सभ्यता संवाद दिवस मनाउन चीनले प्रस्ताव गरेको प्रस्ताव पारित गरेको छ। जुन १० तारिख सभ्यताहरूको संवादका लागि पहिलो अन्तर्राष्ट्रिय दिवस हो। प्रतिक्रियामा संयुक्त राष्ट्र संघका उपमहासचिव एवम् सभ्यताको गठबन्धनका उच्च प्रतिनिधि मोराटिनोसले जुन ९ तारिख एक वक्तव्य प्रकाशित गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सांस्कृतिक विविधता र भिन्नताको सम्मान गर्न र मानव मर्यादाको रक्षा गर्न आह्वान गर्नुभयो।

मोराटिनोसले वक्तव्यमा भन्नुभयो कि सभ्यताहरूको संवादले सांस्कृतिक विविधताको मूल्य बुझ्न मद्दत गर्दछ। उहाँले सभ्यताहरूको संवादका लागि अन्तर्राष्ट्रिय दिवस स्थापना गर्न सहयोग गर्ने चीन र अन्य देशहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

संयुक्त राष्ट्र संघको ७८ औँ महासभाले जुन ७ तारिखका दिन अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाउने सम्बन्धमा चीनले प्रस्ताव गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।