अमेरिकालाई आफ्नो आणविक हतियारसम्बन्धी जिम्बेवारी बोध गर्न चीनको सल्लाह
2024-06-11 18:24:37cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले जुन ११ तारिखका दिन नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। उक्त पत्रकार सम्मेलनमा पत्रकारहरूले जुन ७ तारिखमा अमेरिकी सशस्त्र बल नियन्त्रण संघको वार्षिक फोरममा ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्का अप्रसार मामिलाका वरिष्ठ निर्देशक प्रणय वर्डीले गरेको भाषणबारे प्रश्न सोधेका थिए।

प्रवक्ता लिनले भन्नुभयो, “चीनले अमेरिकाको सम्बन्धित टिप्पणीको विरोध गर्दछ। हालैका वर्षहरूमा अमेरिकाले तथाकथित "चीन आणविक खतरा" सिद्धान्तलाई निरन्तरता दिइरहेको छ, जुन आफ्नो आणविक हतियार विस्तार गर्न र अत्यधिक रणनीतिक फाइदाहरू खोज्ने बहाना मात्र हो। चीनले पहिलो पटक प्रयोग नगर्ने आणविक हतियार नीति अवलम्बन गरेको छ। सधैँ राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्युनतम स्तरमा आफ्ना आणविक शक्तिहरू कायम राख्छ, कुनै पनि प्रकारको आणविक हतियार दौडमा भाग लिँदैन र कुनै पनि देशलाई खतरामा पार्दैन। चीन अमेरिकालाई सल्लाह दिन्छ कि सबैभन्दा ठूलो र सबैभन्दा उन्नत आणविक हतियार भएको देशका रूपमा अमेरिकाले आफ्नो विशेष र प्राथमिकताका जिम्मेवारीहरू ईमानदारीपूर्वक पूरा गर्नुपर्छ र अन्य देशहरूलाई जिम्मेवारीहरू हस्तान्तरण गर्नु वा धम्की दिनुको सट्टा आफ्नो आणविक हतियारलाई अझ महत्वपूर्ण र पर्याप्त रूपमा घटाउनुपर्छ। ”