"छ बुँदे सहमति" लाई समर्थन गर्न र सामेल हुन थप देशहरूलाई चीनद्वारा हार्दिक स्वागत
2024-06-11 18:28:34cri
Share with:

जुन ११ तारिख चिनियाँ परराष्ट्रमन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीन र ब्राजिलबीच युक्रेन संकटको राजनीतिक रूपमा समाधान गर्ने "छ बुँदे सहमति"ले व्यापक अन्तर्राष्ट्रिय समूहको सक्रिय प्रतिकृया पाएको र निकारागुआले सार्वजनिक रूपमा यसलाई सरकारी राजपत्र र कङ्ग्रेसको बयान आदि मार्फत समर्थन गरेको बारेमा चर्चा भएको छ।

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिन च्येनले मे २३ तारिख चीन र ब्राजिलले युक्रेन संकटको राजनीतिक समाधान गर्ने ६ बुँदे महत्वपूर्ण सहमत सम्पन्न गरेका कुरालाई जुन १० तारिखसम्म पाँच महादेशका १०१ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले विभिन्न तरिकामार्फत त्यसको सक्रिय प्रतिकृया गरेका बताउनुभयो। उहाँले ५२ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले सहमतिमा संलग्न निश्चित गरेका वा संलग्न दतचित्त अध्ययन गरिरहेका जानकारी पनि दिनुभयो।

प्रवक्ता लिन च्येनका अनुसार, निकारागुआले सार्वजनिक रूपमा यसलाई सरकारी राजपत्र र कङ्ग्रेसको बयान आदि मार्फत समर्थन गरेको र निकारागुआका विदेशमन्त्री मंगादाले विशेष गरी चीनका परराष्ट्रमन्त्री वाङ यीलाई पत्र पठाउनुभएको बताउनुभयो। चीनले त्यसको उच्च प्रशंसा गर्नुका साथै "छ बुँदे सहमति" लाई समर्थन गर्न र सामेल हुन थप देशहरूलाई हार्दिक स्वागत गरेको पनि प्रवक्ता लिन च्येनले बताउनुभयो।