केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङद्वारा नयाँ संशोधित "सैन्य लेखा नियमावली" जारी गर्ने आदेशमा हस्ताक्षर
2024-06-11 19:06:32cri
Share with:

चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै नयाँ संशोधित "सैन्य लेखा नियमावली" जारी गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ। यो आदेश सन् २०२४ को जुलाइ १ तारिखदेखि लागू हुनेछ।

 " नियमावली" ले सेनालाई सुदृढ पार्ने सी चिनफिङको विचारलाई पूर्ण रूपमा कार्यान्वयन गर्दछ। हामीले सामना गरिरहेका नयाँ परिस्थिति, नयाँ कार्य र नयाँ आवश्यकतासँग सक्रिय रूपमा अनुकूलन गर्दछ। नयाँ युगमा काम, सैन्य लेखा परीक्षणका लागि समग्र आवश्यकता, विषयको अधिकार, प्रक्रियात्मक संयन्त्र आदिलाई व्यवस्थित रूपमा मानकीकृत गर्दछ। जसले लेखापरीक्षण सुपरिवेक्षण सेवाको भूमिका खेल्न मद्दत गर्नेछ र राष्ट्रिय रक्षा तथा सैन्य निर्माणको उच्च-गुणस्तरको विकास सुनिश्चित गर्न महत्त्वपूर्ण छ।