चिनियाँ रक्षा मन्त्रालयद्वारा होल्याण्ड नौ सेनाको क्यारियर-बेस्ड हेलिकाप्टरको धम्कीको खण्डन
2024-06-11 15:44:21CRI
Share with:

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता चाङ स्याउकाङले होल्याण्ड नौ सेनाको क्यारियर-बेस्ड हेलिकाप्टरको धम्कीबारे पत्रकारको प्रश्नको उत्तर दिनुभएको छ। 

प्रवक्ता चाङका अनुसार, ७ तारिख होल्याणडको नौ सेनाको "ट्राँम्प" नामक फ्रिगेटको क्यारियर- बेस्ड हेलिकाप्टरले शाङहाइको पूर्वी क्षेत्रमा धम्की दिएको थियो। चिनियाँ जन मुक्ति सेनाले आवाज चेतावनी, सैन्य विमान लगायत विभिन्न तरिकामार्फत त्यसलाई धपाएको छ। प्रवक्ता चाङले जवाफी कारवाही कानूनी र तर्कसंगत भएको औँल्याउँदै असुरक्षा बढाउने चीन नभइ होल्याण्ड भएको पनि बताउनुभयो।

होल्याण्डले राष्ट्र संघीय कार्यको झुठमार्फत् अरू देशको समुद्री तथा वायु क्षेत्रमा तनावपूर्ण अवस्थाको सिर्जना गरेको र यसले दुई देशको मैत्रिपूर्ण सम्बन्धमाथि क्षति पुर्याएको भन्दै चीनले होल्याण्डको गतिविधिको कडारूपमा असन्तोष व्यक्त गर्दै गम्भीरताका साथ वार्ता गरेको पनि उहाँले बताउनुभयो।