तुआन उ चाडको विदामा ५७ लाख ५२ हजार मानिसको आवतजावत
2024-06-11 15:18:18CRI
Share with:

चिनियाँ अध्यागमन विभागका अनुसार, यसै तुआन उ चाडको विदामा कुल ५७ लाख ५२ हजार जना मानिसहरूको चीन आगमन र प्रस्थान भएको छ। जुन गत सालको तुआन उ चाडको विदाको तुलनामा ४५.१ प्रतिशतले वृद्धि भएको छ। 

त्यसमध्ये, चीनको मुख्य भागका बासिन्दाहरूको आगमन र प्रस्थानको संख्या २४ लाख ६६ हजार रहेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा २५.४ प्रतिशतले बढेको छ। हङकङ, मकाउ र थाइवानका बासिन्दाको संख्या भने २७ लाख ७९ हजार रहेको छ र गत वर्षको सोहि अवधिको तुलनामा ६६.१ प्रतिशतले बढेको छ। यसै गरी, ५ लाख ७ हजार विदेशीहरूले भित्रिने र बाहिरिने गरेका छन्। यो गत वर्षको सोहि अवधिको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको छ।