सभ्यताहरूको आदानप्रदान,आपसी सिकाइलाई प्रवर्द्धन गर्न र विश्व शान्ति र विकासको प्रवर्द्धन गर्न चीनको निरन्तर प्रयास
2024-06-11 18:26:05cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले जुन ११ तारिखमा नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। सिएमजीका रिपोर्टरले संयुक्त राष्ट्र संघले हालै चीनद्वारा प्रस्ताव गरिएको "सभ्यताहरूको संवादका लागि अन्तर्राष्ट्रिय दिवस" स्थापना पारित गरेको विषयमा चीनको टिप्पणी के छ भनेर प्रश्न गरे।

प्रवक्ता लिनले जुन ७ तारिखमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभाले ‘सभ्यताको संवादका लागि अन्तर्राष्ट्रिय दिवस’ मनाउन चीनको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको बताउनुभयो। उक्त संकल्पले चिनयाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गर्नु भएको विश्वव्यापी सभ्यता पहलको "चार साझा अभियानहरू" को मूल सार लिन्छ। सबै सभ्यताका उपलब्धिहरू मानव समाजको साझा सम्पत्ति, सभ्यताहरूको विविधताको सम्मानको वकालत, विश्व शान्तिको रक्षा, साझा विकासको प्रवर्द्धनका लागि सभ्यताहरूको संवाद आवश्यक रहेको र यसले मानव कल्याण र साझा प्रगति हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा प्रवक्ता लिनले जोड दिनुभयो।