चिनियाँ श्रमिक संघका प्रतिनिधि अन्तर्राष्ट्रिय श्रमिक संगठनका पूर्ण निर्देशक नियुक्त
2024-06-11 09:29:27CRI
Share with:

११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनले १० तारिख अन्तर्राष्ट्रिय श्रम संगठनको परिषद्को निर्वाचन गरेको छ। चिनियाँ श्रमिक संघका प्रतिनिधि एवम् चिनियाँ राष्ट्रिय श्रमिक संघका उपाध्यक्ष वै तिछुन अन्तर्राष्ट्रिय श्रमिक संगठनको परिषद्का पूर्ण निर्देशक नियुक्त हुनुभएको छ। 

अन्तर्राष्ट्रिय श्रम संगठन संयुक्त राष्ट्र संघको श्रम मामिलासम्बन्धी विशेष संस्था हो। परिषद यसको निर्णय गर्ने निकाय हो। यो परिषद् सरकार, रोजगारदाता संगठन र श्रमिक संगठन लगायत तीन पक्षका प्रतिनिधिहरूबाट गठित छ। हरेक ३ वर्षमा अन्तर्राष्ट्रिय श्रम सम्मेलनद्वारा उक्त परिषदको निर्वाचन गरिन्छ।