ड्रागन बोट पर्वमा अमेरिकी मित्रता सारा ल्यान्डीको घरमा
2024-06-11 18:42:49cri
Share with:

यस वर्षको चिनियाँ परम्परागत चाड ड्रागन बोट पर्वको दिन संयुक्त राष्ट्र संघले भर्खरै सभ्यता संवाद अन्तर्राष्ट्रिय दिवस सुरु गरेको छ। स्थानीय समयअनुसार जुन १० तारिख सीएमजी र शिकागोस्थित चिनियाँ महावाणिज्य दूतावासद्वारा सह-आयोजित कार्यक्रम "क्लाउडमा पुस्तक: ड्रागन बोट पर्वको समय चीनका प्राचीन मित्रता सारा लान्डीको घरमा" कार्यक्रम अमेरिका आइओवा राज्यस्थित चीन मित्रता सारा लान्डीको घरमा आयोजित भएको छ। सुश्री सारा ल्यान्डीले एक विशेष पारिवारिक रात्रिभोजमार्फत चीन र अमेरिकाका साथीहरूलाई चिनियाँ खानाको स्वाद लिन, ड्रागन बोट पर्व मनाउन र परम्परागत चिनियाँ संस्कृति अनुभव गर्न आमन्त्रित गर्नुभयो। सीएमजीका महानिर्देशन शन हाइस्युङले सुश्री लान्डीलाई चिट्ठी पठाउनुभयो। शिकागोस्थित चिनियाँ महावाणिज्य दूत चाउ च्येनले कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्नुभयो। आइओवा राज्यका मैत्रीपूर्ण व्यक्ति दम्पत्ति किम्बरली, आइओवा मस्कटाइन-चीन मैत्री समितिका अध्यक्ष डान स्टेन समेतका व्यक्तिहरू कार्यक्रममा उपस्थित हुनुभयो।

महानिर्देशक शन हाइस्युङले चिट्ठीमा देशबीचको कूटनीतिक सम्बन्ध जनता-जनताको सम्बन्धमा निर्भर हुन्छ भन्दै सीएमजीले तपाईँलगायत अमेरिका साथीहरूसँग चीन-अमेरिका जनता-जनताको सम्बन्ध, आदानप्रदान र आपसी सिकाइलाई प्रवर्द्धन गर्न पुल निर्माण गर्न र दुई देश जनताबीचको मित्रताका थप अद्भुत अध्याय लेख्न इच्छा लिएको व्यक्त गर्नुभयो।