पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमणबारे चीनको परराष्ट्रमन्त्रालयको भनाइ
2024-06-11 18:30:31cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिन च्येनले पाकिस्तानका प्रधानमन्त्री मोहमद शाहबाज शारिफले जुन ४ देखि ८ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुभएको भन्दै उहाँले पाकिस्तानका प्रधानमन्त्रीको पद फेरि सम्हाल्नुभएपछि चीनको भ्रमण गर्नुभएको पहिलो पटक रहेको र चीनले उच्च स्तरीय स्वागत गरेको जानकारी दिनुभएको छ।

 जुन ११ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री शाहबाजले नयाँ सरकार स्थापना भएपछिको पहिलो पटक चीन भ्रमण गर्नु भएको अवस्थाबारे कुराकानी गर्दै प्रवक्ता लिन च्येनले उक्त कुरा बताउनुभएको हो।

 प्रवक्ता लिनले दुई देशका नेताले चीन-पाकिस्तान सम्बन्ध र साझा अभिरूची विषयबारे गहिरो रूपमा बैचारिक आदान-प्रदान गरी चीन-पाकिस्तान सम्बन्धको विकासलाई रणनीतिक निर्देशन देखाउनुभएको जानकारी पनि दिनुभयो।