अमेरिकी गृह सुरक्षा विभागले जुन ११ तारिख एक विज्ञप्ति जारी गरी तीन चिनियाँ कम्पनीलाई "युगुरहरूलाई जबरजस्ती श्रममा लगाएको" को आधारमा "युगुर जबरजस्ती श्रम रोकथाम ऐन इकाइ सूची" मा थपेको छ र उनीहरूको उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ। यस बारेमा जुन १२ तारिख चीनको परराष्ट्रमन्त्रालयको पत्रकार सम्मेलनमा चीनले आफ्नो प्रतिक्रिया व्यक्त गरेको छ।
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिन च्येनले अमेरिकाले फेरि एक पटक सिनच्याङसँग सम्बन्धित झुटो कथा फैलाएको र मानव अधिकारको आडमा चिनियाँ कम्पनीहरूमाथि गैरकानुनी प्रतिबन्ध लगाएको भन्दै चीनले त्यसको कडा विरोध र निन्दा गरेको बताउनुभयो।
लिन च्येनले सिनच्याङको विकास उपलब्धि सबैका लागि स्पष्ट छन् र चीन केन्द्रीय सरकारको सिनच्याङ शासन नीति जनताको हृदयमा गहिरो जरा गाडेको भन्दै अमेरिकाले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्दै बजारको सामान्य व्यवस्थालाई गम्भीर रूपमा अवरुद्ध गरेको र अन्तर्राष्ट्रिय व्यापार नियम तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई गम्भीर रूपमा उल्लङ्घन गरेको उल्लेख गर्नुभयो।


