चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार वृद्धि गर्ने इयुको योजना आफैँमा प्रत्युत्पादक र विशिष्ट संरक्षणवाद
2024-06-12 18:51:22cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले जुन १२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनआयोजना गर्नुभयो। सो पत्रकार सम्मेलनमा एक पत्रकारले इयुले आगामी महिनादेखि चीनबाट आयात हुने इलेक्ट्रिक सवारीहरूमा २५ प्रतिशतसम्म शुल्क लगाउने बारेमा चीनको प्रतिक्रिया के छ भनेर प्रश्न गरेका छन्।

 प्रवक्ता लिन च्येनले चिनियाँ विद्युतीय सवारीसाधनमाथि इयुले गरेको काउन्टरवेलिंग अनुसन्धानको सन्दर्भमा चीनले धेरै पटक आफ्नो अडान प्रस्तुत गरेको भन्दै यस्तो काउन्टरभेलिंग अनुसन्धान विशिष्ट संरक्षणवाद रहेको बताउनुभयो। इयुले चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा अतिरिक्त भन्सार लगाउने बहानाका रूपमा प्रयोग गरेर बजार अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार नियम सिद्धान्तको उल्लङ्घन गरेको बताउनुभयो। उहाँले चीन-इयु आर्थिक र व्यापारिक सहयोग र विश्वव्यापी अटोमोबाइल उत्पादन र आपूर्ति शृङ्खलाको स्थिरतालाई हानि पुर्‍याउने भन्दै अन्ततः युरोपको आफ्नै स्वार्थलाई हानि पुर्‍याउने कुरामा जोड दिनुभयो।