सी चिनफिङबाट चिनियाँ विज्ञान प्रतिष्ठानका प्राज्ञ एवम् छिङह्वा विश्वविद्यालयका प्रोफेसरलाई चिट्ठी
2024-06-12 15:20:35CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ विज्ञान प्रतिष्ठानका प्राज्ञ एवम् छिङह्वा विश्वविद्यालयका प्रोफेसर याउ छिचीलाई जवाफी चिट्ठी पठाउनुभएको छ। 

चिट्ठीमा उहाँले लेख्नुभएको छ, तिमी विदेशबाट चीन फर्केर २० वर्षदेखि छिङह्वा विश्वविद्यालयमा शिक्षण गर्दै शैक्षिक र वैज्ञानिक अनुसन्धान तथा नवीनतामा फलदायी उपलब्धि हासिल गरेका छौ। तिमीलाई हार्दिक अभिवादन गर्छु। 

प्रारम्भिक इच्छा र लक्ष्यको दृढताका साथ पालना गर्दै आफ्नो श्रेष्ठतामार्फत् श्रेष्ठ व्यक्तिलाई तालिम दिएर नयाँ सिर्जना गर्नुका साथै हाई-एण्ड विषय तथा अत्याधुनिक नवीनतालाई अगाडि बढाएर श्रेष्ठ व्यक्तिको तालिम र वैज्ञानिक नवीनतासम्बन्धी उच्च गुणस्तरीय आधारको निर्माण गरी उच्च गुणस्तरीय वैज्ञानिक तथा प्राविधिक स्वतन्त्रता र शिक्षामा बलियो देश तथा विज्ञान-प्रविधिमा बलियो देशको निर्माण गर्न नयाँ योगदान गर्ने आशा गर्दछु। 

याउ छिचीले पहिला अमेरिकी विश्वविद्यालयमा शिक्षा लिनुभएको थियो। सन् २००४ मा उहाँ चीन फर्केर छिङह्वा विश्वविद्यालयमा शिक्षण पेशा अङ्गाल्नुभएको हो। हाल उहाँ छिङह्वा विश्वविद्यालयअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स विद्यालय र इन्टरडिसिप्लिनरी इन्फर्मेसन साइन्सेज इन्स्टिच्युटका प्रमुख हुनुहुन्छ। केही दिनअघि उहाँले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर विज्ञान तथा प्रविधिबाट चीनको पुनरूत्थानमा योगदान गर्ने अठोट व्यक्त गर्नुभएको थियो।