चीनका राष्ट्राध्यक्ष सीद्वारा संयुक्त राष्ट्र संघको व्यापार तथा विकास सम्मेलनको ६०औँ वार्षिकोत्सव उद्घाटन समारोहलाई भिडियो सम्बोधन
2024-06-13 10:26:59CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चीनफिङले ६० वर्षअघि स्थापना भएदेखि नै संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनले साझा समृद्धिको उद्देश्य अनुसार दक्षिण-दक्षिणी सहकार्य र दक्षिण-उत्तर छलफललाई सकारात्मकसँग अघि बढाएको र नयाँ अन्तर्राष्ट्रिय आर्थिक ढाँचा बनाएकोले विश्वको व्यापार र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको औँल्याउनुभयो। उहाँले भन्नुभयो, हाल एक शताब्दीमा नदेखिएको ठूलो परिवर्तन निरन्तरताका साथ हुँदै गएकोले शान्ति र विकासका चुनौतीहरू थप भएको छ। हामीले इतिहास र जनताका लागि जिम्मेवारी वहन गर्नुपर्छ, सही दिशाको बाटोमा मानवजातिको साझा भविष्य भएको समुदाय बनाउनुपर्छ।

हामीले शान्ति र विकासको अन्तर्राष्ट्रिय वातावरण बनाउनुपर्छ, खुलापन र विकासको प्रवृत्ति पछ्याउनुपर्छ र अभिनवनको विकास अवसर पाउनुपर्छ।

चालु वर्ष जन गणतन्त्र चीनको स्थापना भएको ७५औँ वार्षिकोत्सव हो। चीनले उच्च गुणस्तरीय विकासद्वारा चिनियाँ शैलीको आधुनिकिकरणलाई प्रवर्द्धन गर्दै विश्वको विकासका लागि थप नयाँ अवसरहरू ल्याइने पनि सीले बताउनुभयो। उहाँले भन्नुभयो, चीन सधैँ “ग्लोबल साउथ” को सदस्य हो र विकासशील देशहरूसँग सधैँ संयुक्त रूपमा समर्थन गर्नेछ। चीनले अन्य विकासशील देशहरू सँगसँगै विभिन्न सहकार्यहरूलाई सकारात्मक रूपमा विस्तृत गर्ने छ र संयुक्त राष्ट्र संघको दिगो विकासको कार्यसूचीको (२०३०) कार्यान्वयनमा सहयोग गर्नेछ। चीनले विभिन्न पक्षहरूसँग मानव भविष्य र जनताको हितका लागि शान्ति, सुरक्षा र साझा रूपमा उज्यालो विश्वको सिर्जना गर्नेछ।