"४ पक्षमा राम्रा ग्रामीण सडक” बाट समृद्ध जीवनको सुन्दर विकास
2024-06-13 15:25:38CRI
Share with:

चीनको ग्रामीण क्षेत्रमा “समृद्ध चाहेमा सर्वप्रथम सडकको निर्माण” भन्ने विषय सधैँ लेखिएको देख्नसकिन्छ। अर्थतन्त्रको विकास यातायातसित घनिष्ट सम्बन्धित छ। ग्रामीण सडक यातायातका केशिकाजस्तै सबैभन्दा व्यापक ढाकिएको छ, सबैभन्दा बढी लोक कल्याणकारी छ र व्यापक सर्वसाधारणलाई सेवा दिएको छ।

 

सन् २०१४ मार्चमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले 'राम्रा ग्रामीण सडकको निर्माणमा ४ पक्ष' को प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सी चिनफिङले भन्नुभयोः "ग्रामीण सडकहरूको निर्माण, व्यवस्थापन, संरक्षण र सञ्चालन कामलाई राम्रोसँग गर्नु आवश्यक छ। १० वर्षयता ग्रामीण सडकको निर्माणमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। ग्रामीण सडकको निर्माणमा कुल ४२ खर्ब युआनको लगानी गरिएको छ, नयाँ सुधार गरिएको ग्रामीण सडकको लम्बाइ २५ लाख किलोमिटर पुगेको छ। सन् २०२३ सम्म ग्रामीण सडकको जम्मा लम्बाइ सन् २०१४ को ३८ लाख ८१ हजार ६०० किलोमिटरबाट ४६ लाख किलोमिटरसम्म वृद्धि भएको छ। हाल चीनमा सबै बस्ति र गाउँका सडक अस्फाल्ट वा कंक्रिट भएकोले गाडी र हुलाकको सञ्चालन भएको छ।  

"४ पक्षमा राम्रा ग्रामीण सडक” को निर्माण गरी ग्रामीण क्षेत्रको सुधार गरिएको छ। १० वर्षमा यी राम्रा ग्रामीण सडकहरू स्थानीय बासिन्दाको घरसँग जोड्ने समृद्ध सडक, सुखमय सडक र मन जोड्ने सडक बनेका छन्।

 

चिनियाँ चच्याङ प्रान्तीय तिङहाइ क्षेत्रमा “सयौँ किमी साँस्कृतिक सडक” ले हालसम्म कुल २३ लाख पर्यटकलाई आकर्षण गरेर स्थानीय बासिन्दालाई लगभग एक करोड युआनको आम्दानी बढाउन सहयोग गरेको छ। च्याङ सी प्रान्तीय चिङकाङशान पहाडको शनशान गाउँमा राजमार्ग सञ्चालन भएपछि स्थानीय कृषि उत्पादन चीनका विभिन्न क्षेत्रमा विक्री गरिएको छ। वल्लो शानसी प्रान्तमा तीन ग्रामीण राजमार्गले प्रान्तका ११३ जिल्ला र हजारौँ पर्यटकीय क्षेत्र जोडेका छन्। यसै वर्ष यी ३ ग्रामीण राजमार्गहरू पूर्ण सञ्चालनमा आएपछि वरिपरि लगभग २ लाख बासिन्दाले घरनजिकै विविध तरिकामार्फत् रोजगार पाउनेछन्। केही समयअघि स छ्वान विश्वविद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थी निरज लवजूले स छ्वान प्रान्तीय लचि जिल्लाको चुङ ह छाङ बस्तिको भ्रमण गर्नुभएको थियो। त्यहाँ, उहाँले किसानको आम्दानी बढाउन ग्रामीण सडकको भूमिका हेर्नुका साथै स्थानीय विशेषतायुक्त रीतिरिवाज तथा सँस्कृति, पर्यावरणीय कृषिको सँस्कृतिको अनुभव गरेर हरित विकास विचारको जानकारी पाउनुभएको छ। उहाँले चिनियाँ ग्रामीण पुनरूत्थान रणनीतिको ठूलो प्रभावबारे प्रशंसा गर्नुभएको छ।  

 

ग्रामीण सडकले भौगोलिक बाधा हटाएर शहर र ग्रामीण क्षेत्रलाई जोडेको छ। यो नयाँ कालमा चीनको साँच्चिकै “सुपर परियोजना” हो। चिनियाँ यातायात तथा ढुवानी मन्त्रालयअन्तर्गत राजमार्ग व्यूरोका प्रमुख चौ रोङफेङको जानकारीअनुसार, सन् २०३५ सम्म  "४ पक्षमा राम्रा ग्रामीण सडक” को जम्मा लम्बाइ ५० लाख किलोमिटर पुग्नेछ। 

 हाल चीनले "४ पक्षमा राम्रा ग्रामीण सडक” को उच्च गुणस्तरीय विकास गरिरहेको छ। जसले "४ पक्षमा राम्रा ग्रामीण सडक” को नयाँ संस्करणको निर्माण गरी साझा समृद्धिको नयाँ अध्यायको सिर्जना गर्नेछ।