सन् २०२३ मा चीनमा रक्तदाता र रक्तदानको मात्रामा ऐतिहासिक रेकर्डको सिर्जना
2024-06-14 11:07:31CRI
Share with:

आज जुन १४ तारिख विश्व रक्तदाता दिवस हो। चिनियाँ स्वास्थ्य समितिको जानकारीअनुसार, सन् २०२३ मा चीनमा रक्तदाताको संख्या र रक्तदानको मात्रामा गरी दुवैमा ऐतिहासिक रेकर्डको सिर्जना भएको छ। 

चालु वर्ष विश्व रक्तदाता दिवसको बीसौँ वार्षिकोत्सव हो। सन् १९९८ अक्टोबरमा “जन गणतन्त्र चीनको रक्तदान कानून” कार्यन्वयनदेखि निःशुल्क रक्तदान व्यवस्था क्रमशः सुधारिएको छ। निःशुल्क रक्तदाताको संख्या र रक्तदानको मात्रामा निरन्तर वृद्धि भएको छ। सन् २०२३ मा पटकपटक गरी १ करोड ६९ लाख ९० हजार जनाले निःशुल्क रक्तदान गरेर रक्तदानको मात्रा २ करोड ८९ लाख २० हजार एकाइ पुगेको छ। यो संख्या सन् २०२२ को तुलनामा छुट्टा-छुट्टै रूपमा ५.९ प्रतिशत र ४.८ प्रतिशतले बढेको छ।