चीनद्वारा अमेरिकालगायत अन्य देशहरूको एकपक्षीय बलजफती कदमको विरोध
2024-06-14 09:57:20CRI
Share with:

७८औँ राष्ट्र संघीय अधिवेशनले १३ तारिख “राजनीति तथा आर्थिक बलप्रयोगको साधनको रूपमा एकपक्षीय बलजफती धम्की उपाय हटाउने” विषयबारे बैठक गरेको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि कङ श्वाङले एकपक्षीय बलजफती कदमले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको, दिगो विकासको लक्ष्य प्राप्तिमा बाधा पुर्याएको र अरू देशको मानव अधिकारमाथि क्षति पुर्याएको भन्दै प्रभूत्व र शक्ति राजनीतिको केन्द्रित अवतार भएको बताउनुभएको छ।

चीनले अमेरिकालगायत अन्य केही देशहरूसँग अन्तर्राष्ट्रिय जगतको न्यायोचित आवाज सुनेर छिटै एकपक्षीय बलजफती कदम हटाउन आह्वान गरेको छ। चीनले अन्तर्राष्ट्रिय समाजसँग एकपक्षीय बलजफती कदमको गम्भीर नतिजामाथि महत्व दिँदै यो अवैध गतिविधिको साझा प्रतिरोध गर्नुका साथै नाकाबन्दी लगाइएका देशहरूलाई समर्थन गर्न आह्वान गरेको छ।