फिलिपिन्स-अमेरिकी रक्षा सहयोगले क्षेत्रीय सुरक्षा र स्थिरतालाई कमजोर बनाउनु नहुने चीनको भनाइ
2024-06-14 18:40:21cri
Share with:

जुन १४ तारिख दिउँसो चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयको सूचना ब्युरोका उपनिर्देशक एवम् राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल चाङ स्याउ काङले हालैका सैन्य-सम्बन्धी विषयहरूमा समाचारहरू जारी गर्नुभएको छ।

फिलिपिन्स र अमेरिकी स्थल सेनाले भर्खरै उड्डयन समर्थन अपरेशन अभ्यास सञ्चालन गरेको र फिलिपिन्सले आफ्नो क्षेत्रको शान्तिलाई चुनौती दिन चाहनेहरूका लागि अवरोध भनेको विषयमा पत्रकारले प्रश्न सोधेका छन्। अमेरिकी एमक्यू-९ए "रिपर" विमान फिलिपिन्समा खुफिया आदान प्रदान गर्दै आएको विषयमा चीनको प्रतिक्रिया पनि माग गरेका छन्।

प्रवक्ता चाङले भन्नुभयो: "चीनले सधैँ देशहरू बीचको रक्षा सहयोग तेस्रो पक्षहरू विरुद्ध निर्देशित हुनु हुँदैन र क्षेत्रीय सुरक्षा र स्थिरतालाई कमजोर पार्नु हुँदैन भन्ने कुरालाई कायम राखेको छ। दक्षिण चीन सागरमा टकराव र क्षेत्रीय तनाव बढाउने विषयमा चीनले कहिल्यै कसैलाई धम्की दिँदैन, तर अरूको धम्कीबाट डराउँदैन र आफ्नो क्षेत्रीय सार्वभौमसत्ता तथा समुद्री अधिकार र हितहरूको दृढतापूर्वक रक्षा गर्दछ।”