नयाँ गुणस्तरीय उत्पादकत्वको विकास
2024-06-14 10:42:00CRI
Share with:

चीन नयाँ युगमा प्रवेश गरेदेखि नै वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणको नयाँ चरण तीव्र गतिमा अघि बढिरहेको छ। हाल चीनले नयाँ गुणस्तरीय उत्पादकत्वको विकासलाई निकै महत्व दिएको छ।

जन गणतन्त्र चीनको स्थापना पछि, विशेष गरी सुधार र खुलापन पछि, चीनले आफ्नो विकासलाई गति दिएको छ र ठूलो औद्योगिक विकास, कम श्रम लागत, र अन्तर्राष्ट्रिय बजार स्थिति जस्ता धेरै अनुकूल परिस्थितिहरूको फाइदा उठाएर विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाको रूपमा विकसित भएको छ।

राष्ट्राध्यक्ष सी चिनपिङले भन्नुभएको छ, "नयाँ गुणात्मक उत्पादक शक्तिको विकास गर्न हामीले सर्वाङ्गीण रूपमा सुधारलाई अझ प्रगाढ बनाउनुपर्छ र त्यससँग मेल खाने नयाँ प्रकारको उत्पादन सम्बन्ध निर्माण गर्नुपर्छ। ”

नयाँ गुणस्तरको उत्पादकत्वको विकास एक आन्तरिक आवश्यकता हो र उच्च गुणस्तरको विकासको प्रवर्द्धनका लागि निकै महत्वपूर्ण छ। नयाँ गुणस्तर उत्पादकत्वको विशेषताहरु उच्च प्रविधि, उच्च दक्षता र उच्च गुणवत्ता हुन्। नयाँ गुणस्तरीय उत्पादक शक्तिको विकास अर्थव्यवस्थालाई गति दिने महत्वपूर्ण शक्ति हो। साथै चीनको आधुनिकीकरणकालागि महत्त्वपूर्ण शक्ति बनेको छ।

नयाँ गुणस्तरीय उत्पादकत्वको विकास उच्च गुणस्तरको विकासको प्रवर्द्धनका लागि निकै महत्त्वपूर्ण छ।