सी चिनफिङद्वारा व्हाङ फु सैन्य एकेडेमीको स्थापनाको शत वार्षिकोत्सव र व्हाङ फु सैन्य प्रतिष्ठान, अल्मुनाई एसोसियसन स्थापनाको ४०औं वार्षिकोत्सवको शुभकामना
2024-06-17 19:05:30CRI
Share with:

व्हाङ फु सैन्य एकेडेमी स्थापनाको शतवार्षिकोत्सव र व्हाङ फु सैन्य एकेडेमीको अल्मुनाई समिति स्थापनाको ४०औं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट व्हाङ फु सैन्य एकेडेमीको सहपाठी समितिलाई हार्दिक शुभकामना दिनुका साथै चीन र विदेशमा रहेका व्हाङ फु सैन्य एकेडेमीका विद्यार्थीहरू तथा आफन्तहरूलाई अभिवादन गर्नुभएको छ। 

सी चिनफिङले शुभकामना सन्देशमा व्हाङ फु सैन्य एकेडेमीको सहपाठी समितिले स्थापना भएयता “व्हाङ फु भावनाको प्रचार-प्रसार, सहपाठीसितको भावनात्मक सम्पर्क, मातृभूमिको एकीकरणको प्रवर्द्धन, चीनको उदय” भन्ने सिद्धान्तलाई सधैं नै पालना गरिरहेको, मातृभूमिको एकीकरणलाई अगाडि बढाउनका लागि सकारात्मक योगदान दिएको कुरा बताउनुभयो। 

सी चिनफिङले हाल चीन र विदेशमा रहेका व्हाङ फु सैन्य एकेडेमी विद्यार्थीहरू तथा उनीहरूका आफन्तहरूले चीनको आधुनिकीकरणको निर्माणमा सक्रियताका साथ भाग लिनसक्ने, देशको निर्माण र राष्ट्रिय पुनरुत्थानका लागि योगदान दिनसक्ने कुरामा जोड दिनुभयो।