सीजीटीएनको जनमत सर्वेक्षण:चरम मौसममा विकसित मुलुकको ठूलो जिम्मेवारी
2024-06-17 16:52:52CRI
Share with:

चरम मौसमबाट विश्वमा असर पर्दैछ। भारतमा उच्च तापक्रम कायम भएको छ। स्पेन खडेरी प्रकोपबाट प्रभावित छ। जर्मनीमा बाढी प्रकोप परेको छ। चाइना मिडिया ग्रुपको सीजीटीएनले सार्वजनिक गरेको इन्टर्नेट सर्वेक्षणअनुसार, विश्वका ८६.२८ प्रतिशत उत्तरदाताले विकसित मुलुकहरूसँग दायित्व वहन गर्न र विश्वको जलवायु परिवर्तनको सक्रियताका साथ सामना गर्न आह्वान गरेका छन्।

विश्व अर्थतन्त्र मञ्चले सार्वजनिक गरेको “सन् २०२४ मा विश्व जोखिम प्रतिवेदन”अनुसार, चरम मौसम विश्वको सामु देखापर्ने सबैभन्दा ठूलो जोखिमहरूमध्येको एक हो। सर्वेक्षणमा ८१.८६प्रतिशतका उत्तरदाताले चरम मौसमबाट कृषि, व्यापार, पर्यटनलगायतका विश्वका धेरै व्यवसायहरूमा असर पर्ने छ भने विश्वको विभिन्न क्षेत्रमा व्यक्तिको हताहती र आर्थिक क्षति हुनेछ। 

चरम मौसमको कारणबारे चर्चा गर्दा सम्बन्धित विश्लेषकको विचारमा विश्वको जलवायु परिवर्तन मूलभूत कारण हो। ८२.६९ प्रतिशत उत्तरदाताले जलवायु परिवर्तनको सामना आर्थिक विकासको माग मात्र नभई जिम्मेवार मुलुकहरूले वहन गर्नुपर्ने अन्तर्राष्ट्रिय दायित्व हो।