नवौँ चीन-अस्ट्रेलियाका प्रधानमन्त्रीको वार्षिक भेट-वार्ता आयोजना
2024-06-17 15:12:30CRI
Share with:

जुन १७ तारिख चीनका प्रधानमन्त्री ली छ्याङले क्यान्बेरा संसद भवनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजसँग नवौँ चीन-अस्ट्रेलियाका प्रधानमन्त्रीको वार्षिक भेट-वार्ता गर्नुभएको छ। दुवै देशका प्रधानमन्त्रीले एकमतका साथ चीन-अस्ट्रेलिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई कायम राख्नुका साथै चीन-अस्ट्रेलिया सम्बन्ध सुधार र विकास हुने प्रवृत्तिलाई सुदृढ पारी सँगै मिलेर क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिको संरक्षण गर्दै जान सहमति जनाउनुभएको छ।

 

भेट-वार्तामा प्रधानमन्त्री ली छ्याङले क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने दृष्टिबाट प्रतिद्वनद्व र नयाँ शीतयुद्धको विरोध गर्नुका साथै खुलस्त सहिष्णुता र साझा विकासलाई कायम राखी अस्ट्रेलियासँगको सम्पर्कलाई सबल पार्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ। चीनले अस्ट्रेलियालाई एकतर्फी भिसा फ्री मुलुकको परिधिमा राख्ने निर्णय गरेको पनि उहाँले घोषणा गर्नुभयो।

 

भेट-वार्ता सम्पन्न भएपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकारसँग भेटघाट गर्नुभएको छ। दुवै पक्षले “चीन-अस्ट्रेलियाका प्रधानमन्त्रीको वार्षिक भेट-वार्ता सम्बन्धी संयुक्त प्रतिफल वक्तव्य” पनि जारी गरेका छन्।