छङ तुको संस्कृति तथा पर्यटनको प्रवर्द्धनात्मक गोष्ठी जर्मनीको बर्लिनमा आयोजित
2024-06-17 10:30:44cri
Share with:

मार्च २२ तारिख छङ तुको संस्कृति तथा पर्यटनको प्रवर्द्धनात्मक गोष्ठी जर्मनीको बर्लिनमा आयोजना गरिएको छ। चीन र जर्मनीको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका प्रतिनिधिहरुले भेला भएर दुई मुलुक बीचको सांस्कृतिक तथा पर्यटकीय सहयोगको नयाँ भविष्यबारे छलफल गरेका छन्।

 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छङ तु समितिको प्रचार-प्रसार विभागका उप-प्रमुख छ्यौ वैले छङ तुको संस्कृति तथा पर्यटनको प्रवर्द्धनात्मक गोष्ठीलाई सम्बोधन गर्नुभएको थियो। उहाँका अनुसार, छङ तु एउटा हरित तथा पर्यावरणीय शहर हुनुका साथै पाण्डाको जन्मथलो पनि हो। छङ तुसँग जीव जन्तुको आकर्षक विविधता छ। छङ तु इतिहास तथा संस्कृतिकालागि एउटा प्रख्यात शहर हो। २३०० वर्ष लामो इतिहासबाट छङ तुको विशेष तथा गहिरो संस्कृति स्थापित भएको छ। यसका साथै छङ तु एउटा आधुनिक तथा सुखी शहर हो, त्यसलाई “आएपछि छोड्न मन नलाग्ने शहर” पनि मानिन्छ। उहाँले भन्नुभयो,

आदान-प्रदानपछि संस्कृतिमा विविधता थपिन्छ। बर्लिनसँगै मिलेर संस्कृति तथा पर्यटन सम्बन्धी सहयोगलाई अरु गहन पार्न, संस्कृति तथा पर्यटन मिसाएर सँगै विकास हुने नयाँ ढाँचा पत्ता लगाउन, विश्व पर्यटनको गन्तव्य शहरको संयुक्त निर्माण गर्न, सभ्यताको आदान-प्रदानलाई अघि बढाउन र मानव जातिको साझा भाग्य समूदायको निर्माणका लागि गहन, दरिलो तथा स्थायी सांस्कृतिक शक्ति प्रदान हुने हामीले अपेक्षा गरेका छौँ।

 

जर्मनी-चीन मैत्री संघका अध्यक्ष डा. पिटर क्रौजबर्गरले धेरै पटकको छङ तुको यात्राको आफ्नो अनुभव अरुलाई बाँड्नुभएको छ। सन् १९८० मा उहाँले पहिलोपटक छङ तु घुम्नुभएको थियो। उहाँले भन्नुभयो,

छङ तुका भवन, पसल, सडक, संस्कृति तथा खेलकुद सम्बन्धी उपकरणहरुले त्यसको आधुनिकीकरण अभिव्यक्त गरेका छन्। उदाहरणका लागि गत वर्षको युनिभर्सियाद छङ तुमा आयोजना भएको थियो। छङ तुको कछाड क्षेत्रमा संरक्षित पूराना भवनहरु इतिहासका प्रमाणहरू हुन्। आजको कार्यक्रमको एउटा मुख्य विषय पाण्डा हो। मेरो विचारमा पाण्डा भनेको उत्कृष्ठ कूटनीतिक दूत हो।

 

छङ तुको पर्यटन सम्बन्धी प्रवर्द्धनात्मक भिडियो हेरेपछि गोष्ठीमा सहभागी पाहुनाहरुले चीनको सबैभन्दा राम्रो पर्यटन शहरको आकर्षक दृश्यको अनुभव गरेका छन्। दुई मुलुकको पर्यटन क्षेत्रका कर्मचारीहरुले साझा रुचि भएका विषयहरुबारे सक्रियताका साथ छलफल गरेका छन्। त्यसका अतिरिक्त, सो गोष्ठीमा चीनको गैर-भौतिक सांस्कृतिक सम्पदा र छड तुको विशेष सांस्कृतिक तथा सिर्जनात्मक वस्तुहरुको प्रदर्शन गरिएको छ। गोष्ठीमा सहभागी पाहुनाहरुले दुवै पक्षले निरन्तर रुपमा सम्पर्क गर्न सक्ने, संस्कृति तथा पर्यटन सम्बन्धी सहयोगको नयाँ अवसर फेला पार्न सक्ने, चीन र जर्मनी बीचको मानवीय आदान-प्रदानका लागि नयाँ अध्याय उल्लेख गर्न सक्ने आशा गरेका छन्।

 

जेसिका कून जर्मनीको बर्लिनको एउटा ट्राभल एजेन्सीकी जिम्मेवार व्यक्ति हुनुहुन्छ, उहाँले यसरी भन्नुभयो,

यस्तो आदान-प्रदान निकै आवश्यक छ, यसबाट चीन, विशेष गरी चीनको एउटा शहरको पछिल्लो विकास र पर्यटन तथा लगानीबारे हामीले जानकारी पाउने छौँ जुन उपयोगी हुनेछ। यसको आधारमा हामीले जर्मनहरुलाई प्रचार प्रसार गर्न सक्छौँ, जसबाट अरु बढी जर्मन पर्यटकहरु चीन घुम्ने छन्। मैले पनि छिटै छङ तुको भ्रमण गर्ने आशा गरेकी छु। यस शहर तथा छिमेकी ठाउँहरुको अनुभव गर्ने मैले अपेक्षा गरेकी छु। छङ तुको प्रसिद्ध हटपट खान चाहेकी छु। पर्यटनले विभिन्न मुलुकहरु बीच पुलको निर्माण गर्न सक्छ। पर्यटनबाट जर्मनी तथा चीनका बासिन्दाहरुले पारस्परिक जानकारी, मित्रता तथा सहयोगलाई गहन पार्न सक्ने विश्वास मैले गरेकी छु।