न्यूजिल्याण्डका अन्तर्राष्ट्रिय स्वयंसेवक स्टेवार्टका रोल मोडल लै फङ र रेवी अल्ली
2024-06-17 10:32:10cri
Share with:

उहाँ शन चन शहरको श खौ अन्तर्राष्ट्रिय स्वयंसेवक टोलीको नम्बर एक सेवक हुनुहुन्छ। शन चनमा सात वर्षदेखि बसोबास गर्दैआएको सिलसिलामा उहाँ स्वयंसेवा कार्यमा सक्रियताका साथ सँलग्न हुनुभएको छ। उहाँले लै फङ र रेवी अल्लीलाई आफ्नो रोल मोडल मान्नुभएको छ। उहाँले शन चनको अन्तर्राष्ट्रियकरणका लागि योगदान दिनुभएको छ। उहाँ न्यूजिल्याण्डबाट आउनुभएको साथी स्टेवार्ट जोन हानसेन हुनुहुन्छ।

 

 “न्यूजिल्याण्डका रेवी अल्ली वा चीनका लै फङ मैले शन चनमा स्वयंसेवा कार्य गर्ने रोल मोडल र शक्ति हुनुहुन्छ।”

 

क्वाङ तोङ प्रान्तीय शन चन शहरको श खौ क्षेत्रमा हल्का खैरो कपाल र गाढा निलो आँखाका पुरुष देख्नपाइन्छ। उहाँले स्वयंसेवकसेविकाको रातो टिसर्ट लगाउनुहुन्छ। उहाँ न्यूजिल्याण्डबाट आउनुभएको स्टेवार्ट हुनुहुन्छ। सात वर्षदेखि चीनको शन चनमा बसोबास गर्दैआउनुभएको उहाँले श खौको सडकमा स्वयंसेवा कार्य थाल्नुभएको पनि छ वर्ष पुगिसकेको छ। उहाँ हुनुहुन्छ “रेवी अल्लीबाट म प्रभावित भएको छु। न्यूजिल्याण्डमा उहाँ परिचित हुनुहुन्छ। उहाँले महान कार्यका लागि योगदान दिनुभएको छ। उहाँले सधैँ नै योगदान दिनुभयो र कहिल्यै माग्नुभएन। स्वयंसेवक बनेपछि मेरो पनि कुनै माग छैन र योगदानको महत्त्व बुझेको छु। म आबास क्षेत्रमा मिलेँ र चीनमा मिलेँ। मैले अझै धेरै साथीहरू चिनेँ।”

 

श खौ क्षेत्र शन चन शहरका सबैभन्दा धेरै विदेशीहरू बसोबास गर्ने क्षेत्रहरूमध्येको एक हो। सन् २०१६मा श खौ क्षेत्रको विदेशीहरूको व्यवस्थापन सेवा केन्द्रको स्थापना गरिएको थियो। स्टेवार्टकाअनुसार, विदेशीहरूको व्यवस्थापन सेवा केन्द्रले विदेशीहरूका लागि चिनियाँ भाषा पाठ्यक्रम, निःशुल्क कानूनी सेवा, निःशुल्क मनोवैज्ञानिक परामर्शआदि सेवा उपलब्ध गराएको छ। विदेशीहरूको जीवन गुणस्तर सुध्रिएको छ। स्टेवार्टले पहिलो पटक विदेशीहरूको व्यवस्थापन सेवा केन्द्रमा अँग्रेजी भाषा अनुवाद तथा सच्याउने काम गर्दै एक स्वयंसेवक बन्ने निर्णय गर्नुभएको थियो। उहाँ भन्नुहन्छ “स्वयंसेवक बन्नु एक सजिलो निर्णय हो। यो मलाई स्वागत र मद्दत गरेका मेरो आबास समुदायका लागि धन्यवाद हो। मलाई गौरव लागेको छ।”

 

वासिन्दाको जीवनका लागि सुविधा उपलब्ध गराउने बहु भाषीय बिलबोर्डको अनुवाद, अँग्रेजी कुनामा बालबालिकालाई अँग्रेजी भाषाद्वारा कुराकानीको क्षमता बढाउन मद्दत दिनु, विदेशी मामिला विभागमा कार्यरत कर्मचाहरूका लागि भाषाको तालिम दिनु स्टेवार्टको दैनिक काम हो। उहाँ भन्नुहुन्छ “मैले आफूले जानेको र सक्दो कामबाट स्वयंसेवा गर्दैआएको छु। अरूलाई मद्दत गर्न पाएकोमा मलाई खुशी लाग्छ। मलाई चीनको लै फङ थाहा छ। उहाँले आफ्नो हुर्काइको अवस्थामा धेरै जनाबाट मद्दत पाउनुभयो। त्यसैले लै फङको मनमा उहाँलाई मद्दत दिएका मानिसहरूलाई योगदान दिने लक्ष्य थियो। उहाँले अरू धेरैलाई मद्दत गरेको बेलामा कुनै पनि लाभको आशा गर्नुभएको छैन। उहाँ आफ्नो जीवन कालमा जनताका लागि सेवा दिने एक आदर्श व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो। उहाँ एकजना निःस्वार्थ मानिस हुनहुन्थ्यो।”