जुन १७ तारिख चीनका प्रधानमन्त्री ली छ्याङले क्यान्बेरामा अष्ट्रेलियाका सिनेटर लाइन्स र अष्ट्रेलियाको संघीय संसदको प्रतिनिधि सभाका सभामुख डिकसँग सामूहिक भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री ली छ्याङले अष्ट्रेलियाको संघीय संसदले दुई देशबीचको व्यावहारिक सहयोगलाई सक्रियरूपमा बढाउनका लागि राम्रो कानुनी आश्वासन र सक्रीय राजनीतिक उपाय उपलब्ध गराउने आशा लिनुका साथै आपसी समझदारी बढाउनका लागि अष्ट्रेलियाको संघीय संसदलाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको छ।
लाइन्स र डिकले अष्ट्रेलिया-चीन सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्न र दुई देशका जनताको हितका लागि अष्ट्रेलियाको संघीय संसदले चीनसँग वार्ता र आदान-प्रदानलाई बलियो बनाउन इच्छुक रहेको व्यक्त गर्नुभएको छ।