फिलिपिन्सको पानीजहाज जानीजानी नजिकिएबाट दुई पक्षका जहाज एकआपसमा ठोकियो – चीनका सामुद्रिक प्रहरी
2024-06-17 15:12:32CRI
Share with:

जुन १७ तारिख, फिलिपिन्सको एउटा पानीजहाज चीनको स्प्रेटली द्वीपहरूको रेनआइ च्याओ नजिक समुद्री क्षेत्रमा अनाधिकृत रूपमा प्रवेश गरेकोले चिनियाँ सामुद्रिक प्रहरीले सम्बन्धित् कानुनअनुसार सो पानीजहाजलाई नियन्त्रणमा लिएको छ। १७ तारिख ५ बजेर ५९ मिनेटमा, चीनबाट दिइएका धेरै पटकको चेतावनी तथा रोक्ने निर्देशनहरूलाई फिलिपिन्स पक्षको पानीजहाजले बेवास्ता गरी “अन्तर्राष्ट्रिय समुद्री टक्करबाट बच्ने नियमहरू” को समेत उल्लङ्घन गरी अव्यावसायिक तरिकामार्फत् साधारण जलयात्रामा रहेको चीनको पानीजहाजसँग जानीजानी नजिकिएबाट दुवै पक्षका पानीजहाजहरू ठोकिएका छन्। यस्तो दुर्घटना र परिणाम फिलिपिन्स आफैले ल्याएको हो।