#अल्पसंख्यक जाति# तिब्बतको विशेषतायुक्त कुकुर--तिब्बती मास्टिफ २
2024-06-18 16:52:08cri
Share with:

गत साताको कार्यक्रमा मैले तिब्बती मास्टिफको बारेमा जानकारी दिएँ। तिब्बती भाषामा तिब्बती मास्टिफलाई “तो छि” भनिन्छ। “छि” को अर्थ कुकुर हो, र “तो” को अर्थ बाँधेर प्रजनन गर्नु हो। यस प्रकारको कुकुर ज्यादै क्रूर भएका हुनाले बासिन्दा बढी भएको क्षेत्रमा साङ्लाले बाँधेर राख्नुपर्छ। पठारभूमिको पशुपालन क्षेत्रमा तिब्बती मास्टिफको विशेष स्थान छ र पशुपालकहरूबाट गहिरो रूपमा माया गरिएको छ। त्यसैले तिब्बती पशुपालन क्षेत्रमा हरेक परिवारले तिब्बती मास्टिफ पाल्ने गर्दछन्। केही पशुपालक परिवारमा २/३ वटा तिब्बती मास्टिफ छन्। केही पशुपालकले उत्कृष्ट तिब्बती मास्टिफ पाल्नका लागि धेरै चौँरी वा दशभन्दा बढी भेडासँग साट्ने गरेका छन्।


तिब्बतको पशुपालन क्षेत्रमा तिब्बती मास्टिफसम्बन्धी कथा धेरै छन्। उदाहरणका लागि “चमत्कारिक कुकुरले मास्टरलाई उद्धार गर्ने कथा”, “कुकुरले मास्टरका लागि चिट्ठी पठाउने कथा”, “कुकुर एकले धेरै जंगली ब्वाँसोसँग संघर्ष गर्ने कथा” र “बच्चालाई उद्धार गर्न कुकुरको बलिदानीको कथा” आदि छन्। यी सबै कथाहरूले तिब्बती मास्टिफको इमान्दार र बहादुरीको प्रशंसा र प्रसारण गरेका छन्।

एक जना पशुपालकले आफ्नो तिब्बती मास्टिफको वास्तविक कथाबारे सुनाएका छन्। उनका अनुसार, उनी धनी भएको बेला उनको तिब्बती मास्टिफले चौंरी र भेडाको सुरक्षा गर्थे। उनी  प्रकोपमा परेर गरिबी भएको बेला तिब्बती मास्टिफले पनि मास्टरसँग गरिब जीवन बिताएर कहिल्यै पनि विद्रोह गर्दैनथ्यो। एकपटक हिमस्खलनमा परेर उनका सबै भेडा हिउँमुनि गाडिएका थिए। उनको तिब्बती मास्टिफले एक दिन र एक रातिमा प्रयास गरेर हिउँबाट २०भन्दा बढी जिवित वा मृत भेडा तानेको थियो।

केही वर्षअघिको हिउँद ऋतुमा साट्नका लागि यी पशुपालकले उक्त तिब्बती मास्टिफसँग चौरीहरू पूर्वी पशुपालन क्षेत्रमा पठाएका थिए। बाटोमा उनीहरू यालुङ नामक गाउँमा बस्थे। तर त्यो गाउँमा ब्वाँसो प्रकोप थियो। धेरै घोडा, चौरी र भेडा हताहत थिए। हरेक राति गाउँलेहरूले ब्वाँसोको प्रतिकार गर्नुपर्थ्यो। सबैजनालाई चिन्ता लाग्यो। गाउँमा हरेक परिवारले कुकुर पालन गरेका थिए। राति जताजतै कुकुरहरूले भुक्ने गर्थे। तर ती कुकुरहरू सामान्य रूपमा भेडागोठमा बाँधेका थिए र तिब्बती मास्टिफजस्तै सक्रिय रूपमा आक्रमण गर्ने बहादुर थिएन। ब्वाँसोहरू गाउँमा एक परिवारमा प्रवेश गरेमा अरू परिवारका कुकुरहरू भुक्ने मात्र गरे तापनि सक्रिय रूपमा सहयोग गर्दैनथे।

 

यस्तो अवस्थामा ती पशुपालकले गाउँमा बढी दिन बसेर आफ्नो तिब्बती मास्टिफलाई खतरनाक ब्वासोहरूसँग संघर्ष गर्न लगाउने अठोट गर्थे।

 

नेपाली साथीहरू, यो तिब्बती मास्टिफले ब्वाँसोहरूलाई पराजित गरेको होला त? आगामी साताको यसै कार्यक्रममा म विस्तारमा जानकारी दिनेछु।