विश्व प्रतिस्पर्धात्मक शक्ति सम्बन्धी वार्षिक प्रतिवेदनको सूचीमा हङकङ पाँचौँ स्थानमा
2024-06-18 14:52:01CRI
Share with:

 

अन्तर्राष्ट्रिय व्यवस्थापन विकास प्रतिष्ठानले हालै सार्वजनिक गरेको “विश्व प्रतिस्पर्धात्मक शक्ति सम्बन्धी वार्षिक प्रतिवेदन सन् २०२४” मा हङकङ पहिलेको स्थानबाट अहिले पाँचौँ स्थानमा उक्लेको छ। 

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रवक्ताले १८ तारिख जानकारी दिनुभए अनुसार, केन्द्रीय समितिको दृढ समर्थनमा विशेष प्रशासनिक क्षेत्र सरकारले बजारको विश्वासलाई सुदृढ पार्नका लागि विविध कदम अपनाउनुका साथै विभिन्न कार्यक्रम र गतिविधिको आयोजनामार्फत पर्यटन र उपभोग्यलाई प्रवर्द्धन गरी आर्थिक पुनरूत्थानको प्रवृत्तिलाई सबल पार्दै आएको छ। साथै सरकारले जोडतोडसँग विश्वका विभिन्न स्थानका व्यवसाय, पूँजी र उत्कृष्ट व्यक्तिलाई आकर्षित गर्दै सक्रियताका साथ बैकिङ, सिर्जनशील विज्ञान र व्यापार लगायतका उत्कृष्ट क्षेत्रको निर्माणलाई अघि बढाउँदै आएको छ। 

“एक देश दुई व्यवस्था” को आधारमा मातृभूमिमा भर परेर विश्वसँग सम्पर्क राखी हङकङले अर्थतन्त्रको मध्यकाल र दीर्घकालीन उच्च गुणस्तरीय विकासलाई बढाउँदै जाने पनि प्रवक्ताले औँल्याउनुभएको छ।