सी चिनफिङद्वारा बाढीको रोकथाम र खडेरीको प्रतिरोधबारे महत्वपूर्ण निर्देशन
2024-06-18 16:42:41CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बाढीको रोकथाम र खडेरीको प्रतिरोध कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ।

सी चिनफिङले हाल चीनको दक्षिणका धेरै क्षेत्रहरूमा भीषण वर्षा भएको, क्वाङ तोङ, फु चेनआदि क्षेत्रहरूमा बाढी र भौगोलिक प्रकोपबाट धेरै जनाको हताहती र धनको क्षति भएको, उत्तरका केही क्षेत्रहरूबाट खडेरी प्रकोपको असर परेको कुरा बताउनुभयो।

सीले प्रकोपको सामना गर्न सक्दो प्रयास गर्न, प्रकोपबाट प्रभावित सर्वसाधारणलाई पुनस्थापना गर्न, सामान्य उत्पादन र जीवनको प्रत्याभूति गर्न, प्रकोपको क्षतिलाई न्यूनतम गर्न आग्रह गर्नुभयो।