सन् २०२३ मा चीनद्वारा यातायात पूर्वाधारमा १० अर्ब ७० करोड युआनको लगानी
2024-06-18 16:45:43cri
Share with:

जुन १८ तारिख चीनको यातायात मन्त्रालयले "सन् २०२३ यातायात उद्योगको विकासको तथ्याङ्क" सार्वजनिक गरेको छ।

 

सन् २०२३ मा चीनले यातायात पूर्वाधारमा १० अर्ब ७० करोड युआनको लगानी गरेको छ, जसले एक ऐतिहासिक रेकर्ड बनाएको छ।

 

गत वर्ष चीनको यातायात पूर्वाधारमा निकै सुधार भएको छ। २,७७६ किलोमिटर द्रुत रेल, ६,३९४ किलोमिटरको राजमार्ग र १ लाख ८८ हजार किलोमिटरको सामान्य बाटोको थप निर्माण गरिएको छ।