चीन-युरोप मानव अधिकारको संवादमा चीनको दृष्टिकोण तथा अवधारणा
2024-06-18 15:17:22CRI
Share with:

सन् २०२४ जुन १७ तारिख, चीनको सहायक परराष्ट्र मन्त्री म्याओ दयूले बेइजिङमा चीन-युरोप मानव अधिकार संवादका लागि आउनुभएको युरोपेली संघको विदेश कार्यालयको एशिया प्रशान्त विभागका उप-प्रमुख पाम्पारोनी सँग भेटघाट गर्नुभएको छ। सो अवसरमा, म्याओ दयूले चिनियाँ मानव अधिकारप्रतिको अवधारणा तथा उपलब्धिहरू बारे विस्तृत रूपमा जानकारी दिनुभएको छ।

जुन १६ तारिख, परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय विभागका प्रमुख शनपो र पाम्पारोनीले संयुक्त रूपमा चीन-युरोप मानव अधिकार संवादको अध्यक्षता गर्नुभएको छ। संवादमा चीनले चिनियाँ मानव अधिकारको विकासको मार्ग, अवधारणाहरू, उपलब्धिहरू र मानव अधिकारको विश्वव्यापी सुशासन लगायतका प्रस्तावहरूको व्यापक रूपमा व्याख्या गरेको छ। चीनले सीन च्याङ, तिब्बत, हङकङसम्बन्धित् मामिलाहरू र न्यायिक मुद्दाहरू विशुद्ध रूपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको कुरामा जोड दिएको छ। युरोपले चिनियाँ जनताले स्वतन्त्र रूपमा रोजेको मानव अधिकारको विकासको मार्ग र तथ्यलाई वास्तविक रूपमा सम्मान गर्न तथा मानव अधिकारको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मनसाय बन्द गर्न चीनले माग गरेको छ।