प्रधानमन्त्री ली छ्याङद्वारा अस्ट्रेलियाका दुई उद्योगको भ्रमण, दुई देशबीचको हरित विकास सहकार्यमा थप सक्रिय भूमिका खेल्न प्रोत्साहन
2024-06-19 10:56:47CRI
Share with:

जुन १८ तारिख, अस्ट्रेलियाको राष्ट्रिय भ्रमणमा रहनुभएको चिनियाँ प्रधानमन्त्री ली छ्याङले पर्थमा अवस्थित थ्यानछी लिथियम कर्पोरेसनको क्वीनाना लिथियम हाइड्रोक्साइड कम्पनी र फोर्टस्क मेटल ग्रुप फ्यूचर इन्डस्ट्री केन्द्रको भ्रमण गर्नुभएको छ।

भ्रमण क्रममा, प्रधानमन्त्री लीले चीन-अस्ट्रेलिया दुवै पक्षले एक अर्काबाट पारस्परिक लाभ पाउनसक्ने बताउँदै नयाँ ऊर्जा क्षेत्रमा प्रतिस्पर्धात्मक उद्योग श्रृंखला तथा आपूर्ति श्रृंखला बनाउने र दुई देशबीचको कम कार्बनयुक्त विकासप्रति सहयोग गर्ने र विश्वव्यापी हरित रूपान्तरणमा मद्दत गर्ने व्यक्त गर्नुभएको छ।

उहाँले अष्ट्रेलियाली उद्योगहरूलाई चीन-अस्ट्रेलिया हरित विकास सहकार्यमा थप सकारात्मक भूमिका खेल्न प्रोत्साहित पनि गर्नुभयो। साथै, उहाँले चीनले उच्च गुणस्तरीय खुलापनलाई निरन्तरताका साथ प्रवर्द्धन गर्ने र अस्ट्रेलियाका उद्योग तथा उद्यमीहरूलाई चीनमा लगानी लगाउन तथा चीनमा आएर जरा गाड्नका लागि समेत स्वागत गर्नुभएको छ।