चीन र अष्ट्रेलियाले प्राप्त गरेको सकारात्मक प्रवृत्तिलाई कसरी कायम राख्ने?
2024-06-19 16:28:25CRI
Share with:

रणनीतिक आर्थिक संवाद र स्वतन्त्र व्यापार सन्धि लगायत धेरै द्विपक्षीय सहयोग दस्तावेजहरूमा हस्ताक्षर गरिनुका साथै पान्डा संरक्षणमा सहयोग गर्ने र चीनले अस्ट्रेलियालाई एकतर्फी भिसा-मुक्त देशहरूको दायरामा समावेश गर्नेछ...... मे १५ देखि १८ तारिखसम्म चिनियाँ प्रधानमन्त्री ली छ्याङले अस्ट्रेलियाको औपचारिक भ्रमण गर्नुभएको छ। सो अवसरमा दुवै पक्षले चीन र अष्ट्रेलियाका प्रधानमन्त्रीहरूको वार्षिक भेटवार्ताको परिणाम सम्बन्धि संयुक्त वक्तव्य जारी गर्दै आर्थिक, व्यापारिक र जनता-जनताबीचको सम्बन्धका क्षेत्रमा हुने शृङ्खलाबद्ध सहयोग पनि सम्पन्न गरेका छन्। यसबारे चर्चा गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेसले यसरी भन्नुभयो, ‘यो भ्रमण दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने दिशामा 'अत्यन्त महत्वपूर्ण कदम' हो।

चालू वर्ष, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अष्ट्रेलियाको राजकीय भ्रमण र चीन-अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारी सहयोगात्मक सम्बन्ध स्थापना भएको १० औँ वर्षगाँठ पनि हो। चीन-अस्ट्रेलिया सम्बन्धको सकारात्मक प्रवृत्तिलाई कसरी कायम राख्न र विकास गर्न सकिन्छ?  पारस्परिक सम्मानको पालना गर्नु, मतभेदहरू सुरक्षित राख्दा साझा आधार खोज्नु र पारस्परिक लाभको लागि सहयोग गर्नु नै प्राप्त गरिएको अनुभवबाट सिकेको सबैभन्दा महत्त्वपूर्ण पाठ हो।

देश-देश बीचको आदानप्रदानको कुञ्जी एक अर्काको राष्ट्रिय अवस्था र मुख्य हितको सम्मानमा निहित छ। चीन र अस्ट्रेलियाका प्रधानमन्त्रीहरूबीचको वार्षिक भेटवार्ताका क्रममा, अस्ट्रेलियाले एक चीन नीतिको पालना गर्ने र 'थाइवानको स्वतन्त्रता'को समर्थन नगर्ने लगायतका अडानहरु पुष्टि गरेको छ जसले चीन र अस्ट्रेलियाबीच पारस्परिक विश्वासको जगलाई बलियो बनाउँदै जानेछ।

चीन र अष्ट्रेलिया एक अर्काका आर्थिक लाभका परिपूरक हुन् र प्राकृतिक साझेदार हुन्। यस पटकको आर्थिक र व्यापारिक सहकार्यको एउटा ठूलो आकर्षण भनेको चीन-अस्ट्रेलिया स्वतन्त्र व्यापार सन्धिको कार्यान्वयन प्रवर्द्धन सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्नु हो, जसले दुवै पक्षलाई स्वतन्त्र व्यापार सन्धिको थप कार्यान्वयन गर्न मद्दत गर्ने छ। साथै खुला विश्व अर्थतन्त्रको निर्माणको दृढता र प्रयासलाई पनि प्रतिविम्वित गरिएको छ। यसबाहेक, नयाँ ऊर्जा वाहन र नवीकरणीय ऊर्जाबाट विजुली उत्पादनको क्षेत्रमा अष्ट्रेलियासँग सक्रिय रूपमा सहयोग विस्तार गर्ने इच्छा पनि चिनियाँ पक्षले व्यक्त गरेको छ जसले द्विपक्षीय सम्बन्धमा नयाँ गति थप्ने विश्वास गरिएको छ।

माथि उल्लेखित "हार्डकोर" सहयोगको अतिरिक्त, चीन र अष्ट्रेलियाबीच "सफ्ट" आदान-प्रदान पनि भएको छ। चीनले भिसा मुक्त देशहरूको दायरामा अष्ट्रेलियालाई एकतर्फी रूपमा समावेश गरेको छ र पर्यटन, व्यवसाय र पारिवारिक आगन्तुकहरूका लागि ३ देखि ५ वर्षको बहु-प्रवेश भिसा जारी गर्न दुवै पक्ष सहमत भएका छन्। यी सबै चीन र अष्ट्रेलियाले जनता-जनताबीचको आदानप्रदानलाई बढाउने प्रयास प्रमाणित  गरिएको छ।

उतारचढावपार गर्दै चीन र अष्ट्रेलियाले विकासको सम्बन्ध सुधार गर्ने सही मार्गमा पुगेपछि दृढतापूर्वक अगाडि बढ्दै जाने छन् र यसै क्रममा पारस्परिक विश्वास गर्ने सँगै उपलब्धि हासिल गर्ने साझेदार बन्दै छन्। यो नै दुई देशका जनताको साझा हितमा मात्र नभई, क्षेत्रीय शान्ति र स्थिरता संरक्षण गर्नको लागि पनि आवश्यक छ।