सन् २०२४ पेरिस ओलम्पिक प्रतिलिपि अधिकार सहकार्य हस्ताक्षर कार्यक्रम पैचिङमा आयोजित
2024-06-19 15:52:31cri
Share with:

जुन १८ तारिख चाइना मिडिया ग्रुप र चाइना मोबाइल कम्युनिकेसन ग्रुप बीच रणनीतिक सहकार्य कार्यक्रम अर्थात् सन् २०२४ पेरिस ओलम्पिक प्रतिलिपि अधिकार सहकार्य हस्ताक्षर कार्यक्रम पैचिङमा आयोजना भएको छ। यी दुई पक्षले ४ वटा रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन्।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाई स्योङ र चाइना मोबाइल कम्युनिकेसन ग्रुपका अध्यक्ष याङ च्येले उक्त कार्यक्रममा हस्ताक्षर गर्नुभएको थियो। ओलम्पिक खेलको अवधिमा विश्वभरका करोडौँ दर्शकहरूलाई विविध र सुन्दर कार्यक्रम देखाउनका लागि दुवै पक्षले सँगसँगै मिलेर प्रयास गर्ने भएको छ।