राष्ट्राध्यक्ष सी चिन फिङद्वारा सन् २०२४ विश्व बुद्धिमत्ता उद्योग एक्स्पोलाई बधाई पत्र
2024-06-20 14:40:55cri
Share with:

जुन २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०२४ विश्व बुद्धिमत्ता उद्योग एक्स्पोलाई बधाई पत्र पठाउनुभएको छ। राष्ट्राध्यक्ष सी चिन फिङले वैज्ञानिक र प्राविधिक क्रान्ति तथा औद्योगिक परिवर्तनका लागि कृत्रिम बुद्धिमत्ता महत्त्वपूर्ण प्रेरक शक्ति भएको औँल्याउनुहुँदै यसले विश्वव्यापी आर्थिक र सामाजिक विकास साथै मानव सभ्यताको प्रगतिमा प्रभाव पार्ने बताउनुभयो।

 

राष्ट्राध्यक्ष सी चिन फिङले कृत्रिम बुद्धिमत्ताको विकास र सुशासनमा अन्तर्राष्ट्रिय सहयोगलाई अझ गहिरो बनाउन चीन विश्वका अन्य देशहरूसँग मिलेर प्रयास गर्ने तथा कृत्रिम बुद्धिमत्ताको स्वस्थ विकासको प्रवर्द्धन गर्न, विश्व आर्थिक वृद्धिको प्रवर्द्धन गर्न र सबै देशका जनतालाई समृद्ध बनाउन चीन इच्छुक रहेको पनि व्यक्त गर्नुभएको छ।