छिङहाई-तिब्बत पठार भूमिको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरीय विकासलाई अघि बढाउन राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जोड
2024-06-20 14:58:11CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले छिङहाई प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमण अवधिमा उहाँले केन्द्रीय समितिको निर्णयलाई निष्ठापूर्वक पालना गर्नुका साथै नयाँ विकास विचारधारालाई सम्पूर्ण र निश्चित रूपमा व्यवहारमा उतार्दै आफ्नो श्रेष्ठताको सदुपयोग गरी सुधारलाई गहन पारी खुलापनको विस्तार गर्दै जाने आदेश छिङहाईलाई दिनुभएको छ।

 

छिङहाई-तिब्बत पठार भूमिको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरीय विकासलाई अघि बढाउने क्रममा अझ ठूलो प्रगति प्राप्त गर्नुका साथै जोडतोडसँग चिनियाँ शैलीको आधुनिकीकरण सम्बन्धी छिङहाई अध्याय खोल्दै जान पनि उहाँले जोड दिनुभएको छ।

 

जुन १८ देखि १९ तारिखसम्म राष्ट्राध्यक्ष सीले छिङहाई प्रान्तको सी निङ शहरका विद्यालय र धार्मिक स्थलको निरीक्षण भ्रमण गर्नुभएको छ। त्यस अवसरमा उहाँले याङ सी नदीको आर्थिक पेटी विकास लगायतको महत्वपूर्ण रणनीतिसँग जोडेर सक्रियताका साथ हरित रेशममार्गको निर्माणलाई प्रवर्द्धन गर्ने पनि औँल्याउनुभएको छ।