अमेरिकी विदेश मन्त्रालयले थाइ वानलाई हतियार बिक्री गर्न स्वीकृति, चीनद्वारा कडा निन्दा र कडा विरोध
2024-06-21 15:38:27cri
Share with:

अमेरिकी विदेश मन्त्रालयले थाइ वानलाई हतियार बिक्री गर्न स्वीकृति दिएको प्रतिक्रियामा जुन २० तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले चीनले यसको कडा निन्दा र कडा विरोध गरेको बताउनुभएको छ।

 

प्रवक्ता लिन च्यानले थाइ वान क्षेत्र चीनको मुख्य हित र चीन-अमेरिका सम्बन्धको पहिलो रातो रेखा भएको दोहोर्‍याउनुभयो। चीनले अमेरिकालाई एक चीन सिद्धान्त र चीन-अमेरिका तीनवटा संयुक्त विज्ञप्तिको दृढतापूर्वक पालना गर्न, थाइ वानलाई हतियार बेच्ने आफ्नो गलत निर्णय फिर्ता लिन र थाइ वानलाई हतियार दिने खतरनाक प्रवृत्तिलाई रोक्न आग्रह गरेको पनि उहाँले बताउनुभयो। चीनले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको सुरक्षा गर्नका लागि दृढ र शक्तिशाली कदम चाल्ने पनि उहाँले औँल्याउनुभयो।