अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनअन्तर्गत शाङहाई क्षेत्रीय केन्द्रको स्थापना
2024-06-21 14:53:23CRI
Share with:

हाल अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनले लु च्या च्वै  मञ्चमा सहभागी हुँदै शाङहाई क्षेत्रीय केन्द्रको स्थापना गर्ने घोषणा गरेको छ।

 

शाङहाई क्षेत्रीय केन्द्र अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनले विश्वमा स्थापना गरेको क्षेत्रीय केन्द्रहरूमध्येको एक हो। त्यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मुद्रा कोष संगठन र एशिया-प्रशान्त क्षेत्रको आर्थिक समुदाय बीचको आदानप्रदान र सहकार्यलाई सबल पार्नु, उदीयमान बजार र मझौला आम्दानी भएका मुलुकको चासो भएका क्षेत्रबारे सम्बद्ध अनुसन्धान गर्नु, क्षेत्रभित्रका आर्थिक समुदायलाई समर्थन गर्नु र विश्व तथा क्षेत्रीय बैकिङ  स्थिरताको संरक्षण गर्नु भन्ने रहेको छ।

 

चिनियाँ जन बैँकका गभर्नर फान कोङ शङले अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनले शाङहाईमा क्षेत्रीय केन्द्रको स्थापना गरेकोमा स्वागत गर्दै शाङहाई केन्द्रले अन्तर्राष्ट्रिय मुद्रा कोष संगठन र चीन बीचको सहकार्यलाई गहन पारी एशिया-प्रशान्त क्षेत्रका मुलुकहरूमाझ समष्टिगत आर्थिक नीतिको आदानप्रदान र समन्वयलाई सबल पार्नुका साथै विश्व र क्षेत्रीय बैकिङ स्थिरताको अझ संरक्षण गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ।